माकुरोले टोक्दा मिर्गौला र फोक्सो फेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ आश्विन २०७२, मंगलवार ११:२४

 

chiliएजेन्सी – चिलीका एक युवालाई विश्वकै सवैभन्दा विषालु माकुराले वाथरुमा टोकेपछि अहिले उनी जीवन र मरणको दोषाधमा पुगेका छन् । माकुराले टोकेपछि ३१ वर्षीय ओरालन्डो जिमेन्ज यति पीडित भएका छन की अहिले उनलाई आधा दर्जन बढी समस्या देखिएको छ । यो सबैको एउटै कारण माकुरो बनेको छ ।

माकुराको उत्तेजित विषले उनको मिर्गौला र फोक्सो फेल भएको छ भने कान र आँखामा नराम्रो असर परेको छ । उनको पुरै शरिर सुन्निएको छ । उनलाई दक्षिणी पेरुको एउटा अस्पतालमा चिकित्सकहरुको समूहले उपचार गरिरहेका छन् । उनको उपचारमा मात्र दैनिक १ सय ४० डलर युरो खर्च भएको छ । खर्च धान्द नसक्दा फेसबुकमा एउटा पेज बनाई सहयोगको याचना गरिएको छ ।

ती युवाका आँखा बन्द हुने स्थितिमा देखिन्छ भने कान कुहिएको छ । उनकी आमाका अनुसार बाथरुमको भित्तामा रहेको माकुरा उनको देब्रो कानमा खसेको थियो । तत्कालै माकुराले उनको कान र पाखुरामा टोकेको थियो ।

केही क्षणमा नै उनको स्वास्थ्य अवस्था यति नाजुक भयो की उनलाई तत्कालै अस्पताल पु¥याएर विष नाषक औषधी दिइएको थियो । उनको अवस्था यति नाजुक बन्यो की उनी अहिले आईसीयुमा रहेका छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई चिलिको एउटा विषालु माकुरोले टोकेको हो । रिक्लुस स्पाईडर नाम दिइएको यस माकुरा विश्वमै सबैभन्दा डरलाग्दो हुने डेली मिररले जनाएको छ । यसको विषले शरिरमा एलर्जी बनाउनुका साथै मानिस मृत्युको मुखमा समेत धकेलिन्छ ।

गत नोभेम्बरमा यही प्रजातीको एउटा खैरो माकुरोले टोक्दा अमेरिकाको अलाबामा एक पाँच वर्षीय बालकको मृत्यु भएको थियो ।

एक महिना अगाडि सोही जातको माकुराले टोक्दा एक बेलायती वकिलले झन्डै खुट्टा गुमाएका थिए । दक्षिण अफ्रिाकमा विमानमा जाने क्रममा एउटा माकुरोले टोकेपछि उनको खुट्टा एक मिनेटमै बेलुन जस्तै भएको थियो ।

उनलाई अस्पतालमा पु–याउदासम्म खुट्टा कोइला जस्तो कालो भएको र उनलाई बचाउन चिकित्सकहरुले माकुराले टोकेको र विष छरेको भाग काटेर फालिदिएका थिए । ४० वर्षीय ती पीडितका अनुसार सो माकुरोले टोकेपछि हुने पीडा र दुःखाई निकै कस्टकर हुन्छ ।

स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१