सागर पाण्डे समूहका उम्मेद्वारहरु को कस्ता छन् हेर्नुस !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ आश्विन २०७२, मंगलवार ०६:१४

12074679_172118089798088_5457660211351612977_nकाठमाडौँ ।  टान निर्वाचन २०१५ मा सागर पाण्डे समूहका उम्मेद्वार हरेक हिसाबले एकसे एक देखिएका छन् । त्यसकारणले यो समूहको विजय सुनिश्चित भएको व्यवसायीहरु बताउँछन् । सशक्त, अनुभवी, समावेशी र पूर्ण व्यवसायिक यो समूहको चुनावी सक्रियता पनि उत्तिकै लोभलाग्दो देखिएको छ । अबको टान नेतृत्वमा आँउदै गर्नु भएका उहाँहरुलाई दशैंको अवसरमा विजयी भवको शुभकामना दिंदै एकै छिन अध्यक्षदेखि सदस्य गरी सत्रैजनाको व्यक्तित्व नियालौं । पर्वतीय पर्यटनको महत्वपूर्ण हिमाली क्षेत्र मनाश्लु बोकेर उभिएको गोरखा, अश्राङ्का सागर पाण्डे ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल ९टान० निर्वाचन २०१५ का लागि अध्यक्षका अनुभवी प्रत्यासी हुनुहुन्छ । उहाँ टानका कार्यसमितीका वर्तमान महासचिव हुनुहुन्छ । हिमालयन ग्लेसियर टे«किङका कार्यकारी अध्यक्ष सागर पाण्डे झन्डै पच्चीस बर्षदेखि यो क्षेत्रमा सक्रिय हुनुहुन्छ । सफल व्यवसायी पाण्डेले झन्डै पाँच सय जनालाई रोजगारी दिनुभएको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी निमा शेर्पा ९सोलुखुम्बु०का आफ्नै विशेषता छन् । विश्व शीर सगरमाथाकोे काख सोलुखुम्बु, गार्माका शेर्पाले कार्यसमिती सदस्यको रुपमा टानको अनुभव लिइसक्नुभएको छ । शेर्पा सेवा संघको संरक्षक सदस्य उहाँ गार्मा शेर्पा कितुक छोक्पाको उपाध्यक्ष पनि हुनुहुन्छ । २०४० सालमा सुरुमा शेर्पा पद लिएर पर्वतीय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ हाल टिप एन्ड टप टेकिङ प्रालिका निर्देशक हुनुहुन्छ । पूर्वाञ्चलमा हिमाल, एभरेस्ट र खुम्बु गरी तीनवटा एफएम संचालन गरिरहेको हिमाली संचार लिमिटेडका अध्यक्ष शेर्पा पारिवारिक पृष्ठभुमिका कारण पर्यटन क्षेत्रमा आउनु भएको हो । उहाँ अध्यक्ष रहनुभएको शेर्पा बालबालिका संघले लोरेन नेपाल फ्रान्सको स्पोन्सरसीपमा ४ वटा प्रावि र २ हेल्थपोस्ट संचालन गरिरहेको छ भने चार सय विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइरहेको छ । प्रथम उपाध्यक्षका प्रत्यासी विद्या हिराचन पिया ९मुस्ताङ०को प्रतिनिधित्व गर्दै यही क्षेत्रबारे उच्च प्राज्ञिक ज्ञान राख्नु हुन्छ । यसै सेप्टेम्बरको मध्यमा क्यानडामा सम्पन्न प्यासिफिक एशिया इन्डिजिनियस वल्र्ड टुरिज्म कन्फ्रेन्समा ‘नेपाल ब्याक अन टप’ नामक कार्यपत्र प्रस्तुत गरेर भर्खरै फर्किनु भएकी पश्चिम नेपालको अन्नपूर्ण र धौलागिरीको काखमा रहेको मुस्ताङ, मार्फाकी विद्या वर्तमान टान कार्यसमिती सदस्य हुनुहुन्छ । पुख्र्यौली व्यवसाय र अध्ययनको विषय पनि पर्यटन भएकोले यो क्षेत्रमा आउनु भएको उहाँले २००४ मा मुस्ताङ टेल्स् ट्रेक्स एन्ड एक्सपिडिसन्स् प्रालि सुरु गर्नु भयो । उहाँले ‘टुरिज्म एन्ड हस्पिटालिटी’ विषयमा अस्ट्रियाको साल्जबर्ग युनिभर्र्सिटीबाट स्नातकोत्तर गर्नु भएको छ । द्धितिय उपाध्यक्षका प्रत्यासी ऋषिप्रसाद नेपाल ९धादिङ० युवा जोश, जाँगर र क्रियटिभिटीसहित यो पर्वतिय पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । गंगाजमुना हिमालको फेदीमा रहेको धादिङ, फुलखर्कका ऋषिप्रसाद नेपाल २००७ देखि २००९ को टान कार्यसमिति सदस्य हुनुहुन्थ्यो । सन् १९९९ फेब्रुअरीमा पोर्टर, टे«किङ गाईड र मेनेजर हुँदै हाल उहाँ ईन्काउन्टर्स् नेपालडटकम प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । माउन्टेन एक्सकर्सन्मा रुचि राख्ने उहाँ समन्वय, व्यवसायिक दक्षता र मार्केटिङमा बढी फोकस हुनुपर्नेमा जोड दिनुहुन्छ । उहाँ पदयात्रा पर्यटन क्षेत्रलाई विकास गर्न प्रचारप्रसार र व्यवसायिक दक्षता अभिवृद्धिमा जोड दिनु हुन्छ । पासाङ शेर्पा ९सोलुखुम्बु० महासचिवका प्रत्यासी हुनुहुन्छ । पर्वतीय पर्यटनको आदिविन्दु सगरमाथा बोक्ने जिल्ला सोलुखुम्बुमा रहेको काँकुका पासाङ शेर्पा वर्तमा टान कार्यसमितीका सचिव हुनुहुन्छ । २०५२ सालमा पोर्टर र पछि टेकिङ गाइड हुँदै पदयात्रा पर्यटन क्षेत्रमा आउनुभएका शेर्पा माउन्टेन शेर्पा टे«किङ एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक हुनुहुन्छ । माउन्टेन शेर्पा फाउन्डेसनको अध्यक्ष उहाँ सर्भाइभ नेपालको सचिव र लायन्स क्लवको सदस्य पनि हुनुहुन्छ । व्यवस्थापनमा स्नातक शेर्पा पर्यटन विकासका लागि प्रचुर मात्रामा प्रचारप्रसार र बलियो पर्यटन नीति आवश्यक रहेको बताउनु हुन्छ । काभे्रको प्रसिद्ध तिमाल क्षेत्रमा पर्ने बोल्देफेदीचेका छेटुप तामाङ पदयात्रा पर्यटन क्षेत्रमा सन् १९९६ मा आउनु भएको हो । सचिवका प्रत्यासी तामाङले सन् २०१० मा अल्टिच्युड रान्दोने टे«किङ प्रालि सुरु गर्नुभयो । प्रवन्ध निर्देशक तामाङ पर्यटनका साथै अरु विविध क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । नेपाल खानेपानी विकास बोर्ड अन्तर्गतको तिमाल बृहत् खानेपानी आयोजनाका उपाध्यक्ष उहाँ सर्भाइभ नेपाल एशोसिएसनको संस्थापक अध्यक्ष र फ्रान्समा मुख्य कार्यालय रहेको बोल्देफेदीचे पुननिर्माण परियोजनाको नेपाल निर्देशक समेत हुनुहुन्छ । सन् २००३ देखि २००९ सम्म उहाँ मल्टी इन्टरनेशनल ल्याङ्वेज इन्स्टिच्युटको संचालक तथा फ्रेन्च भाषा प्रशिक्षक हुनुहन्थ्यो । उहाँ फ्रान्सस्थित एफएफएमइ ९फेडरेसन फोँसेज मोन्ताइन ए एस्कलद०को आजीवन सदस्य पनि हुनुहुन्छ । कोषाध्यक्षका प्रत्यासी लिलाबल्दब दाहाल ‘काका’ सन् १९९७ मा ट्राभल अफिसमा टिकेटिङ असिस्टेन्टको रुपमा पर्यटन क्षेत्रमा आउनुभएको हो । अहिले उहाँ भुटान इन्टरनेशनल ट्रेक्समा डाइरेक्टर हुनुहुन्छ । मुलुकका ठुला १० मध्ये एक लालीगुराँस सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको सचिव दाहाल अर्किट इन्टरनेशनल कलेज र चेतना विद्याश्रमको पनि बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ । आजको टे«किङ मजदुर भोलिको टे«किङ कम्पनी संचालक हो भन्ने मान्यतासाथ नयाँ तथा सानालाई अवसर तथा अग्रज तथा ठुला व्यवसायीलाई सम्मान भन्ने उहाँको अवधारणा छ । स्नातक तह पुरा गर्नुभएका दाहालले आफूमातहतका संस्थामार्फत १ सय ४७ जनालाई नियमित रोजगारी दिनुभएको छ । पर्यटन विकासका लागि उहाँसँग दुई मन्त्र छन्– पूर्वाधार र प्रचार । सहकोषाध्यक्षका प्रत्यासी शंकर पाण्डे पर्यटन प्रवद्र्धन गरी देशलाई विश्वसामु परिचित गराउने उद्धेश्यले उहाँ यो क्षेत्रमा आउनुभएको हो । स्नातकोत्तर तह उत्तीर्ण उहाँ सूचना–प्रविधीमा गहिरो रुचि राख्नु हुन्छ । पदयात्रा पर्यटन क्षेत्रलाई व्यापक विकास गर्न यो क्षेत्रको प्रमोशन तथा आकर्षक प्याकेज निर्माण जरुरी रहेको ठान्ने उहाँको स्पष्ट भिजन र मिसनसहित पर्यटनको बजारीकरणमा जोड छ । मनाश्लुको आँगन गोरखा, मुच्चोकका सदस्यका प्रत्यासी नकुल देवकोटा यसअघि टानको मानव संशाधन उपसमितीका सदस्य हुनुहुन्थ्यो । २०५७ सालमा सामान्य कर्मचारीको रुपमा पदयात्रा पर्यटन क्षेत्रमा आउनु भएका देवकोटा हाल कोर्सा नेपाल एडभेन्चर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हुनुहुन्छ । राजनीतिक प्रभावबाट मुक्त टान उहाँको अभिष्ट हो । स्नातक तह पुरा गर्नु भएका उहाँ पदयात्रा पर्यटन क्षेत्रलाई व्यापक विकासका लागि विशुद्ध व्यवसायिक हित गर्दै विश्व बजारमा प्रतिस्पर्धा गर्नु पर्ने बताउनु हुन्छ । सिस्ने र पुथा हिमालको बीचमा रहेको विकट रुकुमको काँडा गाउँका सदस्यका प्रत्यासी महेश बुढा मगर २०५७ सालमा पदयात्रा पर्यटनमा आउनु भएको हो । पोर्टरबाट गाइड र टिम लिडर हुँदै २०६५ सालमा जोय टे«क्स् एन्ड एक्सिपिडिसन् प्रालि स्थापना गरेर प्रबन्ध निर्देशक हुनुभएका उहाँ यसरी भुईबाट उचाइतिर आउनु भयो । पर्यटकीय आर्कषणको दृष्टिले पश्चिम नेपाल उच्चकोटीमा पर्ने भएर पनि त्यस क्षेत्रलाई न पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिएको छ न त त्यस भेगका मानिसहरुलाई पर्यटन क्षेत्रप्रति आकर्षित नै गर्न सकिएको छ । बुढा मगर पर्यटनको दृष्टिले पछि परेको त्यही क्षेत्रबाट यो व्यवसायमा प्रवेश गर्ने थोरै मध्ये एक हुनुहुन्छ । कञ्चनजंघा हिमालयको काखमा अवस्थित ताप्लेजुङ, साँघुका सदस्यका प्रत्यासी पेम्बा शेर्पा ९संगम० सन् १९९५ मा भरियाको रुपमा पर्वतीय पर्यटन क्षेत्रमा आउनु भएको हो । त्यसपछि शेर्पा, गाइड, लिडर हुँदै उहाँ हाल हिमालय लिजेन्ड टे«कका प्रबन्ध निर्देशक हुनुहुन्छ । नेपालको समग्र पर्यटन विकासका लागि थुप्रै अलग विधाहरुलाई अपनाउन सकिने भएता पनि अग्र्यानिक एग्रो टुरिज्मलाई प्रवद्र्धनमा उहाँको मुख्य जोड छ । अग्र्यानिक फार्म हाउज रिजोर्ट समेत स्थापना गर्नुभएका उहाँले नेपालमा दिइने पर्यटनसम्बन्धी अधिकाँश तालिम लिइसक्नु भएको छ । हिमाली क्षेत्र मनाश्लुको काखमा रहेको गोरखा, बोर्लाङका सदस्यका प्रत्यासी अर्जुन पाण्डे पदयात्रा पर्यटन क्षेत्रमा सन् २००२ मा आउनु भएको हो । ग्रीन भ्याली नेपाल टे«क्स्का संचालक पाण्डे पदयात्रा पर्यटन क्षेत्रमा सकारात्मक एवम प्रभावकारी परिवर्तनको सपनासहित नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउन चाहनु हुन्छ । व्यवस्थापनमा स्नातक गरेका पाण्डेले रक क्लाइम्बिङसम्बन्धि विशेष तालीम लिनुभएको छ भने सहकारीबारे पनि राम्रो ज्ञान राख्नु हुन्छ । स्वस्थ र खुला प्रतिस्पर्धाका माध्यमबाट अन्तराष्ट्रिय बजारसम्म नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँको बुझाई छ । सदस्यका प्रत्यासी रविलाल भट्ट ९शंकर० सन् २००४ मा काठमान्डु गेस्ट हाउसको ट्राभल डेस्क कर्मचारीको रुपमा पर्यटन क्षेत्रमा आउनुभएको हो । मनाश्लुको काखमा रहेको गोरखा, मसेलका भट्ट जागिरे जीवन र पेशाको प्रकृतिबाट टाढिदै पर्वतिय पर्यटनमा आइपुन्ु भउको हो । स्वान भ्याली टे«क्स् एन्ड एक्सपिडिसन्का प्रबन्ध निर्देशक भट्ट देशको क्षेत्रिय असमान विकासलाई सन्तुलनमा ल्याउन पर्वतिय पर्यटनको भुमिका बढी प्रस्ट र प्रभावकारी भएकै कारण यस क्षेत्रमा आकर्षित हुनुभएको हो । भट्ट आफ्नो र देशकै विकासका लागि पर्वतिय पर्यटन महत्वपूर्ण रहेको बताउनु हुन्छ । राजधानीसँग जोडिएको धादिङ, खाल्टेका सदस्यका प्रत्यासी राजनप्रसाद ढुँगाना वाइल्ड पाथ एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ पर्यटन क्षेत्रको विकास गरी विश्वभरका पर्यटकलाई नेपाल भित्राएर नेपाललाई विकसित गर्नुपर्छ भन्ने सोच राख्नु हुन्छ । उहाँ पदयात्रा पर्यटन क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई वैज्ञानिक तबरबाट हटाउँदै पर्यटन विकासमा सक्रिय रही नेतृत्वदायी भुमिका निभाउने इच्छा राख्नु हुन्छ । गणेश हिमालको छातीमा रहेको साङ्कोसका सदस्यका प्रत्यासी शिवहरि सापकोटा पदयात्रा पर्यटन क्षेत्रमा सन् १९९८ मा आउनु भएको हो । २००८ मा उहाँले पियोर नेपाल टे«किङ एन्ड एक्सिपिडसन् प्राइभेट लिमिटेड सुरु गर्नु भयो । पर्यटन क्षेत्रको व्यवसायिक हक हितको लागि घोषित उद्धेश्यलाई इमान्दारीपूर्वक लागू गराउन लागिपर्ने बताउने हुन्छ । उहाँले ट्राभल लाइफ, लिडरसीप, साइकोलोजी आदिको तालिम पनि लिनु भएको छ । व्यवसायिक हक हित उहाँको प्रमुख एजेन्डा हो । आफ्नो जन्मथलो धादिङमा होमस्टे चलाउँदै आउनुभएका उहाँ फाउन्डेसन दियो नेपालको अध्यक्ष पनि हुनुहुन्छ । हिमाल घलेका नामले चिनिएका सदस्यका प्रत्यासी हिमबहादुर घले ९गुरुङ० नेपाल वाइल्डरनेश टे«कर्स एन्ड एक्सपिडिसन् प्रालिका प्रबन्ध निर्देशक हुनुहन्छ । पर्यटनलाई व्यवसायको रुपमा त लिइन्छ नै । तर, यसलाई सामाजिक विकास र समाज रुपान्तरणको औजारको रुपमा समेत अपनाउन सकिन्छ भन्ने धारणा राख्नु हुने उहाँ गणेश हिमाल पर्यटन विकास समितीका कोषाध्यक्ष र गुरुङ पर्यटन व्यवसायी संघ नेपालका सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ । बहुआयामिक व्यक्तित्वका धनी घले राष्ट्रिय लोक तथा दाहोरी प्रतिष्ठान नेपालबाट उत्कृष्ट लोकगायन विधामा सम्मानित भइसक्नुभएको छ । उहाँ धादिङ कलाकार संघको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । गोरखा, आँपपीपलकी सदस्यका प्रत्यासी तारा राना डेस्टिनेशन हिमालय टेक्स एन्ड एक्सपिडिसनकी कार्यकारी निर्देशक हुनुहुन्छ । हरेक क्षेत्रमा महिलाहरुको सहभागिता कम भइरहेको सन्दर्भमा उहाँ पर्यटनमार्फत महिला सशक्तिकरण र समविकासमा आधारित समाज रुपान्तरणमा जोड दिनुहुन्छ । भारत र अमेरिकालगायत थुप्रै देश घुमिसक्नु भएकी रानाले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । पदयात्रा पर्यटन क्षेत्रलाई व्यापक विकास गर्न नयाँ पर्यटकीय क्षेत्रको सम्भावनाको खोजी तथा सचेतना जरुरी रहेको उहाँको ठम्याई छ ।12088118_10207892593815567_4084894462139664229_n

प्रतिक्रिया