प्रधानमन्त्री निर्वाचनका अनौठा प्रसंग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ आश्विन २०७२, सोमबार १०:४८

काठमाडौं । एमालेकी समानुपातिक सभासद् राज्यलक्ष्मी गोल्छा प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित भइन् । बाहिर निस्केका कांग्रेस सभासद्हरु प्रदीप गिरी, बद्रि पाण्डे र जीवन परियार भित्र पस्न खोज्दा ढोका लागिसकेको थियो । खुमबहादुर खड्काकी श्रीमती शिला खड्का दिल्लीमा छिन् । त्यस्तै थरुहट तराई पार्टीका गोपाल दहित, गंगा चौधरी, जनजागरण पार्टीका लोकमणि ढकालले मतदान गरेनन् ।Kp-Oli-becomes-New-prime-minister-of-nepal-3

शनिबार एमाले उम्मेदवार केपी शर्मा ओलीलाई समर्थन गर्ने लिखित प्रतिबद्दता जनाएका नेपाली जनता दलका हरिचरण साह, खुम्बुवान पार्टीका रामकुमार राई, दलित जनजाति पार्टीका यशोदा लामा र स्वतन्त्र सभासद् अख्तर कमाल मुसलमानले आतबार कांग्रेस उम्मेदवार कोइरालालाई भोट दिए । बैठकमा ओलीको समर्थनमा बोल्न सभामुखले पटकपटक बोलाउँदा उनीहरु गएनन् । तर, मतदान गर्दा भने कोइरालालाई मतदान गर्ने लाइनमा लागे ।

संयुक्त मधेसी मोर्चामा आबद्ध दलहरुले तमलोपाको कार्यालयमा बसेर प्रधानमन्त्रीमा ओलीको विपक्षमा मत हाल्ने निर्णय गरेका थिए । पछि फेरि संसद् भवनको शंकर हलमा बैठक बसेर उग्रवामपन्थी तथा फासिस्ट अपवित्र गठबन्धन भन्दै ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।

तमलोपाले केपी शर्मा ओलीलाई मत नहाल्ने निर्णय गरेको थियो । तर, फोरम लोकतान्त्रिकले ओलीको पक्षमा मत हाल्ने निर्णय गरेको थियो । मत हाल्ने वेलामा फोरम लोकतान्त्रिकका महासचिव रामजन चौधरी ओलीको पक्षमा लाइन लागेका थिए भने तमलोपा सर्बेन्द्रनाथ शुक्ल कोइरालाको पक्षमा । त्यतिबेला शुक्ल चौधरीलाई कोइरालाको लाइनमा तान्दै थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया