कोइरालाले कहिले छाड्दैछन् बालुवाटार ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ आश्विन २०७२, सोमबार १०:४१

काठमाडौँ । कोइरालाले एक–दुई दिनमा बालुवाटार छाड्ने निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निवास बालुवाटार छाड्न एक–दुई दिन लाग्ने भएको छ ।Sushil-Koirala-Nepal-PM-Cancer

कोइरालाले बालुवाटार छाडेपछि मात्रै नवनिर्वाचित प्रधानमन्त्री ओली सरकारी निवासमा सर्नेछन् । कोइराला सकेसम्म चाँडै बालुवाटार छाड्ने तयारीमा रहेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । ‘सामानहरू मिलाउन र अन्यत्र बस्ने ठाउँको व्यवस्थापन गर्न पनि एक–दुई दिन लाग्न सक्छ,’ अधिकारीले भने, ‘तर, सकेसम्म चाँडै बालुवाटार छाड्ने तयारीमा हुनुुहुन्छ ।’

यसैबीच, केही मन्त्रालयले मन्त्रीलाई कार्यक्रम गरेर आइतबार बिदाइ गरेका छन् । गृह मन्त्रालयले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको बिदाइ गरेको थियो । वन तथा भूसंरक्षण मन्त्रालयले पनि एक कार्यक्रमबीच मन्त्री महेश आचार्यको बिदाइ गरेको थियो । मन्त्रालयहरूले पुराना मन्त्रीलाई बिदाइ गरेर नयाँ मन्त्रीको स्वागतको तयारीसमेत थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१