रौतहटमा संचारकर्मी माथी कुटपिट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ आश्विन २०७२, आईतवार २०:२६

12140580_936786293063268_7596723886754145505_nप्रविण टिबडेवाल/ रौतहट २४ असोज ।
रौतहटको सदमुकाम गौर स्थिीत नेपाल लाँज नजिक समाचार संकलनको क्रममा एबिसी टेलिभिजनका रौतहट समाचारदाता माथी आन्दोलनकारी द्धारा अभद्र व्यवहार गरिनुका साथै निर्घात कुटपिट भएको छ ।
समाचार संकलन गरि फर्कि रहेको अवस्थामा सो टेलिभिजनका रौतहट प्रतिनिधि राकेश यादवलाई नेपाल लौज नजिक स्थानिय बबलु केसरीको नेतृत्वमा आएका केहि उक्षृकल आन्दोलनकारीले हातपात गरेको प्रत्यक्षदशिहरुले बताएका छन ।
सिमाक्षेत्रमा भएको नाकाबन्दी सम्बन्धि समाचार संकलन गरी फर्कने क्रममा सो व्यक्तिहरुले तथा नाम गालि ग्लौज गर्दै हातपात गरेका छन । समाचार संम्प्रेसनको क्रममा पत्रकार यादव माथि पेट्रोल तथा खाद्धान सामग्री लुटपाट गर्न समुहमा बसेका बबलु केसरीले हातपात गरेको पत्रकार यादवले जनाएका छन् ।
केशरीले पत्रकार यादवको मोटर साईकल माथि ढुङगा मुढा प्रहार गर्दा उनले मोटर साईकल सहित आत्मरक्षाका लागि भाग्न खोज्दा केशरी नेतृत्वको व्यक्तिहरुले कुटपिट गरेको पिडित पत्रकार यादवले वताए ।
यता आफु माथी कुटपिटको घटना पश्चात पत्रकार यादव नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दर्ता गराएका छन् । यादवले नेपाल पत्रकार महासंघ रौतहट शाखा लाई घटना बारे जानकारी गराउदा खासै चासो नदेखाईएको पिडा पोखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१