काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचनमा प्रस्तावित सागर पाण्डे समूहले आफ्ना चुनावी गतिविधि र प्रचारप्रसारलाई तिव्र बनाएको छ । यसैक्रममा उक्त समूहले पूर्वाञ्चल, सोलुखुम्बु तथा शेर्पा समूदायलगायतको भेला भब्य रुपमा भैरहेको छ । पाण्डे समूहले आफ्नो कार्ययोजना तथा उम्मेद्वार परिचयात्मक विशेष कार्यक्रम आयोजना गर्न यो भेला डाकिएको मूल आयोजक समितिका संयोजक दिपक महतले जानकारी दिए । धुम्बाराहीस्थित मिराकल पार्टी प्यालेसमा ३०० जनाको उपस्थिति रहेको युक्त समूहले सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई आफ्नो उमेदवार बारे कार्यक्रममा प्रस्तुत समेत गरेको महतले बताएका छन । तेस्तै सागर पाण्डे नेतृत्वको चुनावी टीमलाई जिनाउनुपर्छ भन्नेमा सबै व्यवसायी एक रहेको नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश शिंखडाले जानकारी दिनुभयो । ‘सागर पाण्डे नेतृत्वको व्यवसायीक टीमले चुनाव जित्नुपर्छ भन्नेमा सबै व्यवसायीहरु एक हुनुहुन्छ ।’ शिंखडाले भन्नुभयो । पाण्डे नेतृत्वको टीम अनुभवी, व्यवसायीक र समावेशीतालगायतका सबै हिसावले उक्तम रहेको शिंखडाले दावी गर्नुभयो ।
प्रतिक्रिया