दुई बर्ष नपुग्दै एम्बुलेन्स कवाडा, अझै ममर्त भएन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७१, मंगलवार १०:२०

मकर धामी / बझाङ्ग ,जेठ २७ ।  बझाङगको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स प्रयोगमा आएको दुई बर्ष नपुग्दै काम नलाग्ने कवाड भएको छ । देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा २०६९ सालमा ग्ल्ँएब् सहयोगमा सो एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएको थियो ।  एम्बुलेन्स सुचारु भएपछि यस क्षेत्रका बासिन्दाहरु हषिर्त भएका थिय । अस्पताल पु¥याउन नसकेर अकालमै ज्यान जाने गरेका यस क्षेत्रका बिरामीहरुमा एम्बसलेन्स पाए पछि राहात भएको थियो । चाललको लापरबाहिले एम्बुलेन्स चार पाँच ठाउमा दुर्घटना भएको हो भने दस बाह्र पटक ठोक्कीयको हो । चाललको लापरबाहिका कारण दुर्घटना हुन थाले पछि मर्मत समेत गर्न नसकेर कवाड भएको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त–ईन्चार्ज हेमराज भट्टको भनाई रहेको छ । मन्त्रालय बाट ल्याउदै गर्दा स्वास्थ्य केन्द्रमा नपुग्दै बैतडिको दुदिलाखानमा घरको भित्तामा ठोकेर दुर्घटना भएको थियो । त्यस बेलामा एक लाख सत्तरी हजार मर्मत खर्च भएको थियो । जसमा एक लाख बीस हजार प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापनले र पचास हजार बीमा कम्पनीले व्यहोरेको थियो । हरेक चोटी यस्तो दर्घटना भएपछि मर्मत गर्ने पैसा नहुदा अझ सम्म ममर्त हुन सकेको छैन ।ambulance-sex-300x271 गएको बर्ष भदौ महिनामा ट्रक संग ठोक्कीय पछि यो एम्बुलेन्स काम नलाग्ने अवस्थामा रहेको हो । ट्रक संग ठोक्कीय पछि एम्बुलेन्सको अगाडीको भाग पुरै कुम्चीयको छ । मर्मत गर्नका लागी चार लाख जति पेसाको आवश्यकता पर्ने भएको र यो रकम स्वास्थ्य केन्द्र संग नहुदा मर्मत गर्न नसकिएको भट्टको भनाई रहेको छ । एम्बुलेन्सको लागी कर्मचारी र व्यवस्थापन समितिले कुने चासो नदिय पछि यस्तो अवस्था आएको हो । हिउद बर्र्षातमा पनि खुला चौरमा हुदा कति सामान खिया लागेका छन भने कतिपय सामान केटाकेटीहरुले निकालेर यता उता फाल्ने गरेका छन । एम्बुलेन्समा सिटहरु छैनन भने पछाडी र अगाडीका सिसा समेत फुटायको अवस्थामा छन् । एम्बुलेन्स सुचारु नहँदा यस क्षेत्रका विरामीहरुले समस्या झेल्नु परेको छ । डडेल्धुरा,धनगडी नेपालगञ्ज,काठमाडौ रिफर गरेमा अहिले अप्ठयारो हुने गरेको स्थानिय बासिन्दाहरको भनाई रहेको छ ।

प्रतिक्रिया