सुर्खेत , २७ जेठ । सुर्खेतको विद्यापुरमा रहेका किशोरीहरुले सरसफाइसम्बन्धी घरदैलो अभियान सञ्चालन गरेका छन् ।किडार्क नेपालद्वारा सञ्चालित जनचेतना किशोरी संवाद केन्द्रले वडा नम्बर ७ दुलालथाइका ५१ घरधुरीमा सरसफाइसम्बन्धी घरदैलो अभियान चलाएका हुन् । १५ औं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा घरआँगन सफा राख्नुपर्दछ भन्ने सन्देश दिन उनीहरुले यो अभियान चलाएको बताएका छन् ।घरदैलो अभियानपछि विद्यालयमा सबैलाई भेला गराएर हात धुने सबै विधिबारे पनि जानकारी गराएको किशोरीहरुले बताएका छन् । रासस
प्रतिक्रिया