‘जितको संघारमा छौं’ : लिला बल्लव दाहाल (काका)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ आश्विन २०७२, आईतवार ०७:२६

lila-kakaलिला बल्लव दाहाल (काका)
कोषाध्यक्षका प्रत्याशि,सागर पाण्डे समुह
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी असोज २८ मा हुने निर्वाचनमा सागर पाण्डे समूहबाट कोषाध्यक्ष पदको लागि उम्मेरद्वारी दिएपछि लिलाबल्लब दाहालको नाम चर्चामा छ । लिलाकै नजिकका साथी रहेका सोनाम गेल्जेन शेर्पा चन्द्र रिजाल समूहबाट प्रतिष्पर्धीमा छन ।
भुटान ईन्टरनेशनल ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक तथा तिब्बेत ईन्टरनेशनल ट्राभलका निर्देशक रहेका दाहाल स्पष्ट वक्त, सहयोगी भावनाका धनि, व्यवसायलाई राम्रोसँग बुझेको व्यक्ति र विभिन्न संघसंस्थाको सफल नेतृत्व गरेका मात्र नभएर तल्लोस्तरदेखि माथिल्लो तहसम्म सम्बन्ध भएका युवा व्यवसायीको रुपमा उनलाई धेरैले चिन्छन । आजको मजदुर भोलीको कम्पनी सञ्चालक भन्ने मुल नारा लिएर टानको पार्दशिताको लागि आफ्नो उम्मेरद्वारी दिएको उनले बताउँदै आएका छन ।
सबैलाई मिलेर जानपर्दछ भन्ने भावनाका लिलाले टानमा पनि समहतीमा नेतृत्व छान्न हरप्रयास गरेको एक व्यवासायीले बताए । उनले भने, ‘लिलाले पर्यटनमा योगदान गर्ने र सबैलाई मिलाएर लैजान सक्ने हुनाले टानमा लिला जस्तो व्यक्तिको आवश्यक छ ।’ सबैसँग राम्रो सम्बन्ध रहेका लिलाले कोषाध्यक्ष जित्नेमा धेरैले पक्क गरेका छन । लिला आफैँलाई पनि कोषाध्यक्ष नजित्नेमा कुनै शंका छैन । उनी भन्छन, ‘मैले एउटा आधार खडा गरेर चुनावी मैदानमा उत्रेको हुँ त्यसैले म चुनाव जित्नेमा ढुक्का छु ।’ उनै लिलासँग गरिएको छोटो कुराकानी
सागर पाण्डे प्यानल कस्तो समुह हो ?
सागर पाण्डेले ४ सय भन्दा वढि व्यक्तिहरु लाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्नुभएको छ र उहाँले राज्यलाई दुई करोड भन्दा वढि कर तिर्नु हुन्छ । उहाँको पर्यटनका सवै क्षेत्रमा लामो व्यवसायिक यात्रा छ । हामी व्यवसायिले भोट हाल्दा कसले राम्रो भाषण गर्दछ भन्ने तर्फ नलागेर कसले पर्यटन व्यवसायमा कति योगदान पु¥याएको छ भन्ने तर्फ ध्यान दिनु आवश्यक छ । हाम्रो समूहका सवै प्रत्यासिहरु लामो व्यवसज्ञायिक अनुभव भएका व्यक्तिहरु हुनुहुन्छ । हाम्रो समुह लामो व्यवसायिक अनुभव भएका व्यवसायिहरुको समावेशी समुह हो ।
टानको आर्थिक क्षेत्रको व्यवस्थापनमा कस्तोे योजना बनाउनुभएको छ ?
टानको नेतृत्वमा गईसकेपछि हामीले नेपाल पर्यटन वोर्ड र टानको कर्मचारी सम्मका विषय मिलाउन आवश्यक हुन्छ । टानमा पहिले नै काम गरेका अनुभवि साथीहरु एकातिर हुनुहुन्छ भने कुन कुरालाई कहाँ गएर कसरी प्रस्तुत गर्ने भन्ने कुरा मलाई राम्रा संग थाहा छ ।
मैले आजका दिनमा राज्यका सवै निकायहरुमा एक किसिमको सम्वन्ध स्थापना गरिसकेको छु, यसले मलाई आगामी दिनहरुमा काम गर्न सहयोग पुग्दछ । मैले आजका दिनमा पनि आफ्नै पाँच वटा त कम्पनी चलाईरहेको छु भने मेरै आफ्नो प्रतिष्ठाको लागि पनि मैले टानमा आर्थिक पारदर्शीता लाई विशेष ध्यानमा राख्दछु र त्यसमा म चुक्दिन । आर्थिक पारदर्शीतालाई विशेष ख्याल गर्नको लागि नै कोषाध्यक्षको प्रत्याशी वनेको हो । हाम्रो समूहमा सवै स्थानका व्यवसायिहरुलाई समेट्ने प्रयास गरेका छौं र सवै ठाँउमा आवश्यकताका आधारमा वजेटको विनियोजन हुनेछ ।
तपाईंहरुको समूहको प्रमुख एजेण्डाहरु कस्ता छन ?
हामी स्पष्ट छौं कि पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्ने काम सरकारको हो । हाम्रो काम भनेको यहाँ आएका पर्यटकहरुलाई राम्रो आतिथ्यता दिने हो । त्यसका लागि हामीले दक्ष जनशक्तिको उत्पादन गर्नेछौं । पर्यटन वोर्ड र मन्त्रालय सँग समन्वय गरेर पर्यटन प्रर्वद्धन गर्ने योजना रहेको छ । विकास निर्माणका लागि हामी पुनर्निर्माण प्राधिकरणसंग संयोजन गर्ने लक्ष्य वनाएका छौं । अन्तर्रा्ष्ट्रिय बजारीकरणलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं । म कोषाध्यक्षमा गईसकेपछि आर्थिक पारदर्शीतालाई विशेष ध्यान दिने छु भने हाम्रो समुहले अन्तराष्ट्रिय बजारीकरण र मजदुरका विषयलाई विशेष प्राथमिकतामा राख्ने छौं ।
विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामी विजयको संघारमा पुग्यौं जस्तो लाग्छ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संघ, नेपाल पर्यटन व्यवसायि मञ्च र शेर्पा समुदायको ठूलो साथ नै हाम्रो विजयका आधारहरु हुन । हाम्रो टिम नै यस्तो बनेको छ कि महिला देखि भौगोलिक रुपमा पनि हामीले सवै क्षेत्रलाई समेटेका छौं । सागर पाण्डे जस्तो सफल व्यवसायिको नेतृत्वमा हामीले हाम्रो टिम बनाएका छौं । आदर्शको कुरा गर्दै गर्दा यहाँ राजनीतिकरण भईसकेको छ । हामीलाई उहाँहरुले राजनीति गरेको आरोप लगाउँदै एउटा औंला ठड्याउँदै गर्दा चार वटा औंला उहाँहरु तिरै फर्किएको छ ।

12092711_553670371451636_1737513110_n

सोनाम गेल्जेन शेर्पा र लिलाबल्लभ दाहाल फरक फरक प्यानलबाट टान कोषाध्यक्षको उम्मेरद्वार हुन । कोषाअध्यक्षका प्रत्यासी उनीहरु साथी पनि हुन । हामी साथीबाट मित मित भयौं भन्दै फोटो खिचाएका थिए ।

साभार – ehimalayanews

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१