काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ् नेपाल (टान) को निर्वाचनमा अध्यक्षका प्रत्यासी बनेका चन्द्रप्रसाद रिजालले आफूले निर्वाचनमा जित हाँसिल गरे पर्यटन पत्रकारहरुका लागि कोषको स्थापना गरिदिने बताएका छन् ।
शनिवार पर्यटन पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै प्रत्यासी रिजालले पर्यटन पत्रकारहरुलाई सकारात्मक समाचार सम्प्रेषणका लागि आग्रह गर्दै उनले मजदुर कोष जस्तै पत्रकारहरुका लागि ‘टान पत्रकार कोष’को स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबद्र्धन गर्नका लागि पत्रकारहरुसँग सहकार्य गर्ने र उनीहरुलाई समेत त्यस्ता अभियानमा साथै लाने जनाए । उनले पत्रकारहरुलाई राज्यबाट समेत सहुलियत दिन नसकिरहेको अवस्थामा आफू व्यवसायीहरुले त्यस्तो पहल चाल्ने समेत बताए ।
सोही कार्यक्रममा रिजाल समूहको प्रचारप्रसार संयोजक अन्जन थापाले आफूहरुले गर्दै आएको प्रचार प्रसार र सो क्रममा व्यवसायी र पत्रकारहरुले दिएको विश्वासले आफूहरुलाई जित नजिक पु¥याइसकेको बताए । टान निर्वाचन आगामी असोज २८ गते सम्पन्न हुँदैछ ।
प्रतिक्रिया