काठमाडौँ । बैशाख १२ ,१३ र २९ गतेको बिनाशकारी भुकम्पले भत्किएको बिधालय भवन निर्माण को लागि मातृभूमिका लागि युवा अभियान जापान शाखाले नगद १ लाख सहयोग शाखाका प्रकाश मगरले सोलुखुम्बु जिल्ला ,टाप्टिङ गा. बि. स. स्थित श्री जन प्रिय माध्यमिक बिधालय टाप्टिङ सोल्नासालाई आज हस्तान्तरण गरेका छन् ।
भूकम्प पश्चात मातृभूमिका लागि युवा अभियानले चितवन, धादिङ, गोरखा,काभ्रे ,नुवाकोट र मकवानपुरका भूकम्पपीडितलाई ५० लाखभन्दा बढीको राहत सहयोग गरिसकेको अभियानका अभियानका केन्द्रीय अध्यक्ष सुनिल खड्काले बताउनुभयो ।
प्रकाश मगरले राष्ट्रिय खबर डटकम संग कुरा गर्दै यो सानो रकम भएता पनि सोलुखुम्बुका बालबालिकालाई केहि सहयोग पुगेको छ भने विद्यालय भवन निर्माणका लागि हामीले जापना शाखाका तर्फबाट फेरी पनि थप सहयोग गर्दै जाने बताए ।
प्रतिक्रिया