टान निर्वाचन २०१५ को सागर पाण्डे नेतृत्वको उम्मेदवारहरुको संक्षिप्त परिचय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ आश्विन २०७२, शनिबार १०:२६

1525376_1630028737277500_164129667492585337_nट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) निर्वाचन ०१५ को सागर पाण्डे नेतृत्वको साझा, सशक्त, समावेशी र व्यवसायिक उम्मेदवारहरुको संक्षिप्त परिचय यसप्रकार छ ।taan 1
१ सागर पाण्डे (गोरखा), अध्यक्षका प्रत्यासी
हिमालयन ग्लेसियर टे«किङ, कार्यकारी अध्यक्ष

पर्वतीय पर्यटनको महत्वपूर्ण हिमाली क्षेत्र मनाश्लु बोकेर उभिएको गोरखा, अश्राङ्का सागर पाण्डे ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) निर्वाचन २०१५ का लागि अध्यक्षका अनुभवी प्रत्यासी हुनुहुन्छ । उहाँ टानका कार्यसमितीका वर्तमान महासचिव हुनुहुन्छ ।
२०४९ सालमा पर्वतिय पर्यटन क्षेत्रमा आउनुभएका पाण्डे हिमालयन ग्लेसियर टे«किङ र ब्ल्याक डाइमन्ड एक्पिडिसनका कार्यकारी अध्यक्ष हुनुहुन्छ । होटल मुनलाइट प्रालि, अवतार काठमान्डु होटल, होटल इनकाउन्टर नेपाल, होटेल नोर्बुलिङ प्रालि, आर्यतारा काठमान्डु होटेल, यात्री स्विट्स् एन्ड स्पा, हिमालयन गल्फ होलिडेज्, द सिप रेस्टुरेन्ट बार एन्ड लन्च र काठमान्डु ग्रिल रेस्टुरेन्ट एन्ड बारका पनि उहाँ कार्यकारी अध्यक्ष हुनुहुन्छ ।
कुरामा भन्दा काममा विश्वास गर्ने कर्मवीर सागर पाण्डे आफ्नो उद्यमशीलताबाट अरुलाई रोजगारी दिनसक्दा प्राप्त हुने खुशीलाई सामाजिक सम्मान मान्नु हुन्छ । नर्थ अमेरिका, रसिया, युरोप र एशियाका विभिन्न देश घुमिसक्नु भएका उहाँ विज्ञानमा स्नातक हुनुहुन्छ । २३ बर्ष लामो व्यवसायिक अनुभवलाई जीवनको सबैभन्दा ठुलो उपलब्धि मान्ने उहाँ सकारात्मक सोच, लगनशीलता, मिलनसारिता, उद्यमशीलता र लिडरसीपकै कारण यहाँसम्म आइपुगेको बताउनु हुन्छ ।

निमा शेर्पा (सोलुखुम्बु), बरिष्ठ उपाध्यक्षका प्रत्यासी
निर्देशक, टिप एन्ड टप टे«किङ प्रालि

विश्व शीर सगरमाथाकोे काख सोलुखुम्बु, गार्माका निमा शेर्पाले कार्यसमिती सदस्यको रुपमा टानको अनुभव लिइसक्नुभएको छ । शेर्पा सेवा संघको संरक्षक सदस्य उहाँ गार्मा शेर्पा कितुक छोक्पाको उपाध्यक्ष पनि हुनुहुन्छ । २०४० सालमा सुरुमा शेर्पा पद लिएर पर्वतीय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ हाल टिप एन्ड टप टे«किङ प्रालिका निर्देशक हुनुहुन्छ ।
पूर्वाञ्चलमा हिमाल, एभरेस्ट र खुम्बु गरी तीनवटा एफएम संचालन गरिरहेको हिमाली संचार लिमिटेडका अध्यक्ष शेर्पा पारिवारिक पृष्ठभुमिका कारण पर्यटन क्षेत्रमा आउनु भएको हो । उहाँ अध्यक्ष रहनुभएको शेर्पा बालबालिका संघले लोरेन नेपाल फ्रान्सको स्पोन्सरसीपमा ४ वटा प्रावि र २ हेल्थपोस्ट संचालन गरिरहेको छ भने चार सय विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइरहेको छ । नुम्र्वु जडिबुटी उत्पादन तथा प्रशोधन, सोलुखुम्बुका प्रबन्ध निर्देशक रहनु भएका उहाँले तिब्बत, थाइल्यान्ड, इन्डिया र युरोपका प्राय देश घुमिसक्नुभएको छ ।

विद्या हिराचन पिया (मुस्ताङ), प्रथम उपाध्यक्षका प्रत्यासी
कार्यकारी निर्देशक, मुस्ताङ टे«ल्स् ट्रेक्स एन्ड एक्सपिडिसन्स् प्रालि

यसै सेप्टेम्बरको मध्यमा क्यानडामा सम्पन्न प्यासिफिक एशिया इन्डिजिनियस वल्र्ड टुरिज्म कन्फ्रेन्समा ‘नेपाल ब्याक अन टप’ नामक कार्यपत्र प्रस्तुत गरेर भर्खरै फर्किनु भएकी पश्चिम नेपालको अन्नपूर्ण र धौलागिरीको काखमा रहेको मुस्ताङ, मार्फाकी विद्या हिराचन (पिया) वर्तमान टान कार्यसमिती सदस्य हुनुहुन्छ ।
पुख्र्यौली व्यवसाय र अध्ययनको विषय पनि पर्यटन भएकोले यो क्षेत्रमा आउनु भएको उहाँले २००४ मा मुस्ताङ टे«ल्स् ट्रेक्स एन्ड एक्सपिडिसन्स् प्रालि सुरु गर्नु भयो । नेपालको पर्यटन व्यासाय प्रवद्र्धन गर्ने सिलसिलामा अमेरिका, क्यानडा, अस्टे«लिया, फिलिपिन्स, थाइल्यान्ड, सिंगापुर, भारत, युरोपका विभिन्न देशलगायत झन्डै दुई दर्जन देश घुमिसक्नुभएकी उहाँले ‘टुरिज्म एन्ड हस्पिटालिटी’ विषयमा अस्ट्रियाको साल्जबर्ग युनिभर्र्सिटीबाट स्नातकोत्तर गर्नु भएको छ ।

ऋषिप्रसाद नेपाल (धादिङ), द्धितिय उपाध्यक्षका प्रत्यासी
प्रबन्ध निर्देशक, ईन्काउन्टर्स् नेपालडटकम प्रालि

गंगाजमुना हिमालको फेदीमा रहेको धादिङ, फुलखर्कका ऋषिप्रसाद नेपाल २००७ देखि २००९ को टान कार्यसमिति सदस्य हुनुहुन्थ्यो । सन् १९९९ फेब्रुअरीमा पोर्टर, टे«किङ गाईड र मेनेजर हुँदै हाल उहाँ ईन्काउन्टर्स् नेपालडटकम प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ ।
माउन्टेन एक्सकर्सन् र समाजसेवामा रुचि राख्ने उहाँ समन्वय, व्यवसायिक दक्षता र मार्केटिङमा बढी फोकस हुनुपर्नेमा जोड दिनुहुन्छ ।
गाउँबाट आएको एउटा कोरा मान्छेले टानजस्तो गरिमामयी संस्थाको द्धितिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनु नै आफ्नो जीवनको सर्वाधिक उपलब्धि भएको उहाँको विश्वास छ । अस्टे«लिया, भुटान र युरोपका विभिन्न देश गरी झन्डै दुई दर्जन मुलुक घुमिसक्नु भएका उहाँ पदयात्रा पर्यटन क्षेत्रलाई विकास गर्न प्रचारप्रसार र व्यवसायिक दक्षता अभिवृद्धिमा जोड दिनु हुन्छ ।


पासाङ शेर्पा (सोलुखुम्बु), महासचिवका प्रत्यासी
प्रबन्ध निर्देशक, माउन्टेन शेर्पा टे«किङ एन्ड एक्सपिडिसन

पर्वतीय पर्यटनको आदिविन्दु सगरमाथा बोक्ने जिल्ला सोलुखुम्बुमा रहेको काँकुका पासाङ शेर्पा वर्तमा टान कार्यसमितीका सचिव हुनुहुन्छ । २०५२ सालमा पोर्टर र पछि टे«किङ गाइड हुँदै पदयात्रा पर्यटन क्षेत्रमा आउनुभएका शेर्पा माउन्टेन शेर्पा टे«किङ एन्ड एक्सपिडिसन र नेपाल टे«किङ टुरिज्म एन्ड एडभेन्चर प्रालिका प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ ।
माउन्टेन शेर्पा फाउन्डेसनको अध्यक्ष उहाँ सर्भाइभ नेपालको सचिव र लायन्स क्लवको सदस्य पनि हुनुहुन्छ । पर्यटन, पर्यटन र पर्यटन उहाँको जीवनको उद्धेश्य हो । नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएकोले आम्दानीको मुख्य स्रोत यही क्षेत्र हो भन्ने लागेर यो क्षेत्रमा आउनु भएका उहाँ व्यवसाय र व्यवसायीको हक हितको सक्रिय रहने बताउनु हुन्छ ।
झन्डै डेढ दर्जन मुलुक घुमिसक्नु भएका व्यवस्थापनमा स्नातक शेर्पा पर्यटन विकासका लागि प्रचुर मात्रामा प्रचारप्रसार र बलियो पर्यटन नीति आवश्यक रहेको बताउनु हुन्छ ।


छेटुप तामाङ (काभ्रे), सचिवका प्रत्यासी
संस्थापक निर्देशक, अल्टिच्युड रान्दोने टे«किङ प्रालि

काभे्रको प्रसिद्ध तिमाल क्षेत्रमा पर्ने बोल्देफेदीचेका छेटुप तामाङ पदयात्रा पर्यटन क्षेत्रमा सन् १९९६ मा आएका हुन् । भरियाको रुपमा प्रवेश गर्दै सहायक ट्रेकिङ गाइड, टे«किङ गाइड हुँदै क्लाइम्बिङ गाइड हुनुभएका तामाङले सन् २०१० मा अल्टिच्युड रान्दोने टे«किङ प्रालि सुरु गर्नुभयो । प्रवन्ध निर्देशक तामाङ पर्यटनका साथै अरु विविध क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । नेपाल खानेपानी विकास बोर्ड अन्तर्गतको तिमाल बृहत् खानेपानी आयोजनाका उपाध्यक्ष उहाँ सर्भाइभ नेपाल एशोसिएसनको संस्थापक अध्यक्ष र फ्रान्समा मुख्य कार्यालय रहेको बोल्देफेदीचे पुननिर्माण परियोजनाको नेपाल निर्देशक समेत हुनुहुन्छ ।
सन् २००३ देखि २००९ सम्म उहाँ मल्टी इन्टरनेशनल ल्याङ्वेज इन्स्टिच्युटको संचालक तथा फ्रेन्च भाषा प्रशिक्षक हुनुहन्थ्यो । फ्रान्सस्थित एफएफएमइ (फेडरेसन फोँसेज मोन्ताइन ए एस्कलद)को आजीवन सदस्य उहाँ फ्रान्स, इटाली, स्वीस, स्पेन, लक्जेम्बर्ग, जर्मनी आदि देश घुमिसक्नु भएको छ ।


लिलाबल्दब दाहाल ‘काका’ (ओखलढुँगा), कोषाध्यक्षका प्रत्यासी
निर्देशक, भुटान इन्टरनेशनल ट्रेक्स

पूर्वी नेपालको ओखलढुँगा, बरुणेश्वरका लिलाबल्दब दाहाल (काका) सन् १९९७ मा ट्राभल अफिसमा टिकेटिङ असिस्टेन्टको रुपमा पर्यटन क्षेत्रमा आउनुभएको हो । अहिले उहाँ भुटान इन्टरनेशनल ट्रेक्समा डाइरेक्टर र तिब्बेत इन्टरनेशनल ट्राभलमा फाइनान्स डाइरेक्टर हुनहुन्छ । मुलुकका ठुला १० मध्ये एक लालीगुराँस सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको सचिव दाहाल अर्किट इन्टरनेशनल कलेज र चेतना विद्याश्रमको पनि बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ । भिटेक्स फेसन (टे«किङ इक्युपमेन्ट सप र फ्याक्ट्री) र डी एभरेस्ट क्राफ्ट एन्ड पस्मिनाको प्रोपाइटर पनि हुनुहुन्छ । कनेक्टर वे इन्भेस्टमेन्ट कम्पनीको बोर्ड अफ डाइरेक्टर उहाँ ग्रामीण विकास सेवा समाजको अध्यक्ष र बरुणेश्वर पूर्व विद्यार्थी समाजका सचिव पनि हुनुहुन्छ ।
आजको टे«किङ मजदुर भोलिको टे«किङ कम्पनी संचालक हो भन्ने मान्यतासाथ नयाँ तथा सानालाई अवसर तथा अग्रज तथा ठुला व्यवसायीलाई सम्मान भन्ने उहाँको अवधारणा छ । उहाँले चीन, हङहङ, जापान, युके, इन्डिया र युरोपका विभिन्न देश घुमिसक्नु भएको छ । स्नातक तह पुरा गर्नुभएका दाहाल १ सय ४७ जनालाई नियमित रोजगारी दिन सकेकोमा खुशी हुनुहुन्छ ।
पर्यटन विकासका लागि उहाँसँग दुई मन्त्र छन्– पूर्वाधार र प्रचार ।

शंकर पाण्डे (गोरखा), सहकोषाध्यक्षका प्रत्यासी
सञ्चालक, एडभेन्चर म्याजिक टे«क्स एन्ड एक्सपिडिसन

मनाश्लु हिमालको काखमा अवस्थित गोरखा, अश्रङका शंकर पाण्डे २०६० मा सुरुमा पोर्टर अनि गाइड हुँदै २०६५ सालमा एडभेन्चर म्याजिक टे«क्स एन्ड एक्सपिडिसन प्रालिका संचालक हुनुभयो । एडभेन्चर मन पराउने उहाँ पर्यटन प्रवद्र्धनमा जोड दिनु हुन्छ । पर्यटन प्रवद्र्धन गरी देशलाई विश्वसामु परिचित गराउने उद्धेश्यले उहाँ यो क्षेत्रमा आएको बताउनु हुन्छ ।
भद्र तथा शालीन पाण्डेले एशिया र युरोपका थुप्रै देश घुमिसक्नु भएको छ । स्नातकोत्तर तह उत्तीर्ण उहाँ सूचना–प्रविधीमा गहिरो रुचि राख्नु हुन्छ । पदयात्रा पर्यटन क्षेत्रलाई व्यापक विकास गर्न यो क्षेत्रको प्रमोशन तथा आकर्षक प्याकेज निर्माण जरुरी रहेको ठान्ने उहाँको स्पष्ट भिजन र मिसनसहित पर्यटनको बजारीकरणमा जोड छ ।

नकुल देवकोटा (गोरखा), सदस्यका प्रत्यासी
प्रबन्ध निर्देशक, कोर्सा नेपाल एडभेन्चर प्रालि
मनाश्लुको आँगन गोरखा, मुच्चोकका नकुल देवकोटा यसअघि टानको मानव संशाधन उपसमितीका सदस्य हुनुहुन्थ्यो ।
२०५७ सालमा सामान्य कर्मचारीको रुपमा पदयात्रा पर्यटन क्षेत्रमा आउनु भएका देवकोटा हाल कोर्सा नेपाल एडभेन्चर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हुनुहुन्छ । समाजसेवा र एडभेन्चरमा रुचि राख्ने उहाँ पर्यटन क्षेत्रको व्यवसायिक हक र हितका केही गरौं भन्ने जोशसहित पर्यटन क्षेत्रमा अगाडि बढ्न चाहनुहुन्छ ।
राजनीतिक प्रभावबाट मुक्त टान उहाँको अभिष्ट हो । स्नातक तह पुरा गर्नु भएका उहाँ पदयात्रा पर्यटन क्षेत्रलाई व्यापक विकासका लागि विशुद्ध व्यवसायिक हित गर्दै विश्व बजारमा प्रतिस्पर्धा गर्नु पर्ने बताउनु हुन्छ । उहाँले एशियाका थुप्रै देश घुमिसक्नु भएको छ ।

१०
महेश बुढा मगर (रुकुम), सदस्यका प्रत्यासी
प्रबन्ध निर्देशक, जोय टे«क्स् एन्ड एक्सिपिडिसन् प्रालि

सिस्ने र पुथा हिमालको बीचमा रहेको विकट रुकुमको काँडा गाउँका महेश बुढा मगर २०५७ सालमा पदयात्रा पर्यटनमा आउनु भएको हो । पोर्टरबाट गाइड र टिम लिडर हुँदै २०६५ सालमा जोय टे«क्स् एन्ड एक्सिपिडिसन् प्रालि स्थापना गरेर प्रबन्ध निर्देशक हुनुभएका उहाँ यसरी भुईबाट उचाइतिर आउनु भयो ।
पर्यटकीय आर्कषणको दृष्टिले पश्चिम नेपाल उच्चकोटीमा पर्ने भएर पनि त्यस क्षेत्रलाई न पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिएको छ न त त्यस भेगका मानिसहरुलाई पर्यटन क्षेत्रप्रति आकर्षित नै गर्न सकिएको छ । बुढा मगर पर्यटनको दृष्टिले पछि परेको त्यही क्षेत्रबाट यो व्यवसायमा प्रवेश गर्ने थोरै मध्ये एक हुनुहुन्छ । उहाँले बैकक, सिंगापुर, मलेसिया, चीनलगायत थुप्रै मुलुकको भ्रमण गरिसक्नु भएको छ ।
११
पेम्बा शेर्पा ‘संगम’ (ताप्लेजुङ), सदस्यका प्रत्यासी
प्रबन्ध निर्देशक, हिमालय लिजेन्ड टे«क

कञ्चनजंघा हिमालयको काखमा अवस्थित ताप्लेजुङ, साँघुका पेम्बा शेर्पा (संगम) सन् १९९५ मा भरियाको रुपमा पर्वतीय पर्यटन क्षेत्रमा आउनु भएको हो । त्यसपछि शेर्पा, गाइड, लिडर हुँदै उहाँ हाल हिमालय लिजेन्ड टे«कका प्रबन्ध निर्देशक हुनुहुन्छ ।
नेपालको समग्र पर्यटन विकासका लागि थुप्रै अलग विधाहरुलाई अपनाउन सकिने भएता पनि अग्र्यानिक एग्रो टुरिज्मलाई प्रवद्र्धनमा उहाँको मुख्य जोड छ । अग्र्यानिक फार्म हाउज रिजोर्ट समेत स्थापना गर्नुभएका उहाँ चीन, भारत र युरोपका अधिकाँश देश घुमिसक्नु भएको छ । उहाँले नेपालमा दिइने पर्यटनसम्बन्धी अधिकाँश तालिम लिइसक्नु भएको छ ।
१२
अर्जुन पाण्डे (गोरखा), सदस्यका प्रत्यासी
सञ्चालक, ग्रीन भ्याली नेपाल टे«क्स

हिमाली क्षेत्र मनाश्लुको काखमा रहेको गोरखा, बोर्लाङका अर्जुन पाण्डे पदयात्रा पर्यटन क्षेत्रमा सन् २००२ मा आउनु भएको हो । ग्रीन भ्याली नेपाल टे«क्स् एवम होटल फ्लोरिड नेपालका संचालक पाण्डे पर्यटन क्षेत्रमा सकारात्मक एवम प्रभावकारी परिवर्तनको सपनासहित नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउन चाहनु हुन्छ ।
खुला र अन्तरबस्तुको गहिराईसम्म पुग्ने खोज्ने उहाँ विश्वका अनेक देश घुमिसक्नु भएको छ । व्यवस्थापनमा स्नातक गरेका पाण्डेले रक क्लाइम्बिङसम्बन्धि विशेष तालीम लिनुभएको छ भने सहकारीबारे पनि राम्रो ज्ञान राख्नु हुन्छ । स्वस्थ र खुला प्रतिस्पर्धाका माध्यमबाट अन्तराष्ट्रिय बजारसम्म नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँको बुझाई छ ।
१३
रवि भट्ट (शंकर), सदस्यका प्रत्यासी
प्रबन्ध निर्देशक, स्वान भ्याली टे«क्स् एन्ड एक्सपिडिसन

सन् २००४ मा काठमान्डु गेस्ट हाउसको ट्राभल डेस्क कर्मचारीको रुपमा पर्यटन क्षेत्रमा आउनुभएका मनाश्लुको काखमा रहेको गोरखा, मसेलका रवि भट्ट (शंकर) सुरुदेखि नै पर्वतिय पर्यटनप्रति लोभिएका थिए । जागिरे जीवन र पेशाको प्रकृतिबाट टाढिदै पर्वतिय पर्यटनमा आइपुगेका उहाँ हाल स्वान भ्याली टे«क्स् एन्ड एक्सपिडिसन्का प्रबन्ध निर्देशक हुनुहुन्छ । देशको क्षेत्रिय असमान विकासलाई सन्तुलनमा ल्याउनद पर्वतिय पर्यटनको भुमिका बढी प्रस्ट र प्रभावकारी भएकै कारण यस क्षेत्रमा आकर्षित हुनुभएका भट्ट आफ्नो र देशकै विकासका लागि पर्वतिय पर्यटन महत्वपूर्ण रहेको बताउनु हुन्छ ।
युरोप, एशिया र अफ्रिकाका थुप्रै देश घुमिसक्नुभएका उहाँ पदयात्रा पर्यटन क्षेत्रको विकासका लागि प्रचार र पूर्वाधार विकासमा लाग्नुपर्ने बताउनु हुन्छ ।

१४
राजनप्रसाद ढुँगाना (धादिङ), सदस्यका प्रत्यासी
प्रबन्ध निर्देशक, वाइल्ड पाथ एडभेन्चर प्रालि
राजधानीसँग जोडिएको धादिङ, खाल्टेका राजनप्रसाद ढुँगाना वाइल्ड पाथ एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । पदयात्रा, हिमाल आरोहण र समाजसेवामा रुचि राख्ने उहाँ पर्यटन क्षेत्रको विकास गरी विश्वभरका पर्यटकलाई नेपाल भित्राएर नेपाललाई विकसित गर्नुपर्छ भन्ने सोच राख्नु हुन्छ ।
पर्यटन प्रवद्र्धनका क्रममा टर्की, स्विजरल्यान्ड, जर्मनी, अस्ट्रिया, फ्रान्स, इटाली, नेदरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, थाइल्यान्ड, इन्डोनेसिया र जापानलगायत थुप्रै देश घुमिसक्नु भएका उहाँ पदयात्रा पर्यटन क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई वैज्ञानिक तबरबाट हटाउँदै पर्यटन विकासमा सक्रिय रही नेतृत्वदायी भुमिका निभाउने इच्छा राख्नु हुन्छ । आफ्नो र देशको उन्नति गर्न पर्यटन क्षेत्रमा आउनुभएका ढुँगाना जीवनमा आफुले प्राप्त गरेको खास उपलब्धि भनेको सन्तुष्टि नै हो भन्नु हुन्छ ।

१५
शिवहरि सापकोटा (धादिङ), सदस्यका प्रत्यासी
सञ्चालक, पियोर नेपाल टे«किङ एन्ड एक्सिपिडसन् प्रालि

गणेश हिमालको छातीमा रहेको धादिङ, साङ्कोसका शिवहरि सापकोटा पदयात्रा पर्यटन क्षेत्रमा सन् १९९८ मा आउनु भएको हो । २००८ मा उहाँले पियोर नेपाल टे«किङ एन्ड एक्सिपिडसन् प्राइभेट लिमिटेड सुरु गर्नु भयो ।
पर्यटन क्षेत्रको व्यवसायिक हक हितको लागि घोषित उद्धेश्यलाई इमान्दारीपूर्वक लागू गराउन लागिपर्ने बताउने उहाँ पर्यटनलाई मनदैखि प्रेम गर्नु हुन्छ । यो क्षेत्रमा आएपछि धेरै ज्ञान, आर्थिक उन्नति र देश विदेशको भ्रमणको अवसर जुटेकोमा उहाँ खुशी हुनुहुन्छ ।
इन्डिया, थाइल्यान्ड, कम्बोडियो, लाओस् र युरोपका सबैजसो देश घुम्नुभएका उहाँले ट्राभल लाइफ, लिडरसीप, साइकोलोजी आदिको तालिम पनि लिनु भएको छ ।
व्यवसायिक हक हित उहाँको प्रमुख एजेन्डा हो । आफ्नो जन्मथलो धादिङमा होमस्टे चलाउँदै आउनुभएका उहाँ फाउन्डेसन दियो नेपालको अध्यक्ष पनि हुनुहुन्छ ।
१६
हिमाल घले (धादिङ), सदस्यका प्रत्यासी
प्रबन्ध निर्देशक, वाइल्डरनेश टे«कर्स एन्ड एक्सपिडिसन् प्रालि

धादिङको विकट सेर्तुङका हिमाल घले सन् १९९२ देखि पर्यटन क्षेत्रमा हुनुहुन्छ । नेपाल वाइल्डरनेश टे«कर्स एन्ड एक्सपिडिसन् प्रालिका प्रबन्ध निर्देशक घले पर्यटनको विकासका लागि फरकफरक जिम्मेवारीहरु पनि ग्रहण गर्दै आउनु भएको छ । पर्यटनलाई व्यवसायको रुपमा त लिइन्छ नै । तर, यसलाई सामाजिक विकास र समाज रुपान्तरणको औजारको रुपमा समेत अपनाउन सकिन्छ भन्ने धारणा राख्नु हुने उहाँ गणेश हिमाल पर्यटन विकास समितीका कोषाध्यक्ष र गुरुङ पर्यटन व्यवसायी संघ नेपालका सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ ।
बहुआयामिक व्यक्तित्वका धनी घले राष्ट्रिय लोक तथा दाहोरी प्रतिष्ठान नेपालबाट उत्कृष्ट लोकगायन विधामा सम्मानित भइसक्नुभएको छ । उहाँ धादिङ कलाकार संघको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ ।

१७

तारा राना (गोरखा), सदस्यका प्रत्यासी
कार्यकारी निर्देशक, डेस्टिनेशन हिमालय टे«क्स एन्ड एक्सपिडिसन

गोरखा, आँपपीपलकी तारा राना डेस्टिनेशन हिमालय टे«क्स एन्ड एक्सपिडिसनकी कार्यकारी निर्देशक हुनुहुन्छ । हरेक क्षेत्रमा महिलाहरुको सहभागिता कम भइरहेको सन्दर्भमा उहाँ पर्यटनमार्फत महिला सशक्तिकरण र समसविकासमा आधारित समाज रुपान्तरणमा जोड दिनुहुन्छ । भारत र अमेरिकालगायत थुप्रै देश घुमिसक्नु भएकी रानाले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । पदयात्रा पर्यटन क्षेत्रलाई व्यापक विकास गर्न नयाँ पर्यटकीय क्षेत्रको सम्भावनाको खोजी तथा सचेतना जरुरी रहेको उहाँको ठम्याई छ ।
इमान्दारी, दृढ विश्वास, आशा, परिश्रम, लगनशीलताले सफलताको शिखर चुम्न सकिन्छ भन्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१