आपराधिक गतिविधिमा मुद्दा खेप्ने बलिउड हस्तिहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ आश्विन २०७२, शनिबार ०८:३४

एजेन्सी, मुम्बई

बलिउड स्टारहरु छवि लोभलाग्दो छ। उनीहरुले वास्तिवक जीवनमा पनि आफूलाई त्यस्तै सकारात्मक छविमा पेस गर्ने प्रयास गर्छन्। तर, समय समयमा उनीहरु त्यसमा अडिरहन सक्दैनन्। तीनमा कति त सामान्य विवादका घटना हुन्छन त कतिपय अवस्थामा भने उनीहरुले गम्भिर रुपमा कानुनको उलघंन गरेका हुन्छन्। बलिउडमा शाहरूख, सलमान देखिका स्टारले अपराध गरेकोमा मुद्दा खेपेका छन्। यसरी मुद््दा खेप्नेहरुको सूचि यस्तो छ:

सलमान खानः बलिउडमा सलमानलाई लिएर एउटा भनाई चर्चित छ,‘सलमान र विवाद परिपुरक हुन् ।’ उनले आफैंले बनाएको विवादास्पद छविका कारण पनिउनलाई यसो भनिएको हो । उनी सामान्य विवादमा मात्र छैनन् । उनी अझै आपराधिक आरोप खेपिरहेका छन् । सन् २००२ सेप्टेम्बर २८ मा फुटपाथमा सुतिरहेका मानिसलाई गाडीले ठक्कर दिएर मारेको मुद्दाबाट उनले अझै सफाई पाएका छैनन् । यस बाहेक २००६ मा हरिण र मृग मारेका कारण उनलाई एक वर्ष जेल सजाय सुनाइएको थियो । त्यसबाहेक २०१० मा टिभि रियालिटी सो ‘बिग बोस’ होष्ट गर्दा अश्लिल सामग्री प्रसारण गरेका कारण पनि उनी विवादित बनेका थिए।
शाहरुख खानः शाहरुख खान पनि विवाद मुक्त छैनन् । सन् २०१२ मा वानखडे रंगशालामा आइपिएल हुँदा उनले मैदानमै क्रिकेट संघका अधिकारीमाथि हातपात गरेका थिए । उनले त्यतिबेला रक्सी सेवन गरेको आरोप लागेको थियो । उनलाई सन् २०१७ सम्म मैदानमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।
सैफ अली खानः २००६ मा हरिण र मृग मारेको मुद्दामा सैफ अली खान र अर्का एक बलिउड अभिनेता पनि मुछिएका थिए । त्यसबाहेक सन् २०१२ मा प्रेमिका करिना कपुरसँग एक होेटलमा खाना खाँदै गर्दा एक व्यापारीसँग हात हालाहाल भएपछि उनलाई त्यस व्यक्तिले ज्यान मार्ने प्रयास गरेको आरोप लगाएका थिए।
गोविन्दाः सन् २००८ मा रिलिज भएको फिल्म ‘मनी हे तो मनी हे’ को सुटिङ हेर्न आएका एक व्यक्तिलाई गोविन्दाले थप्पड लगाएको आरोप छ । उनी घटनामा प्रमाणित भइसकेका त छैनन् तर, मुद्दा भने अझै विचाराधिन छ ।
जोन अब्राहमः जोन मोटरसाइकलका खुबै सौखिन छन् । उनी कुशल रेसर पनि हुन् तर, सन् २००६ मा मोटरसाइकल चलाउँदा उनले दुई पैदलयात्रीलाई घाइते बनाएका थिए । पछि उनी जमानतमा छुटेका थिए ।
फरदिन खानः दर्जनौं फिल्म खेलेपनि कमैले मात्र चिनेका फरदिन खान सन् २००१ म कोकिन काण्डमा परेका थिए । २०१० मा पनि उनी एक ग्राम कोकिनसहित पक्राउ परेपछि लागु पदार्थ ऐनअनुसार उनाई कारवाही गरिएको थियो ।
मधुर भण्डारकरः सन् २००६ मा बलिउडमा संघर्ष गरिरहेकी एक युवतीलाई नयाँ फिल्ममा केन्द्रिय भूमिका दिने भनि बलात्कार गरेको आरोप मधुरलाई लागेको थियो । ठ्याक्कै प्रमाण पेश नहुँदा उनले आरोप यत्तिकै ढिसमिस भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१