गीतकार देवराज गैह्रेको याद पिउन मिल्ने भए चर्चामा (भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ आश्विन २०७२, शुक्रबार १४:५६

11924553_1658895420991254_7387566955230595602_nबुटवल रुपन्देहीका गीतकार देवराज गैह्रे गित संगीतका क्षेत्रमा सुपरिचित नाम हो । याद पिउन मिल्ने भए बोलको गित लेखेर चर्चामा आएका उनि कला र संगीतका पुजारी हुन् ,एल्बम बनाउने सोचमा रहेका गैरे को निकै राम्रा गीत बजारमा आउन सक्ने हल्लाको आंकलन बजारमा सुरु भएको छ । प्रस्तुत छ उनि संग राष्ट्रियखबर डटकमले गरेको कुराकानी :

सांगीतिक क्षेत्रमा लाग्नु भएको कति भयो ?
संगीत शब्द मेरो मानसपटलमा बाल्यकाल देखि नै थियो। म पहिलै देखि गित गुनगुनाउने लेख्ने कोसिस गर्दथे । निरन्तरको कोसिस पश्चात अहिले याद पिउन मिल्ने भए बोलको गित बजारमा ल्याउन सफल भए ।

सांगीतिक क्षेत्रमा लागेपछि कतिको उतारचढाव भोग्नु भएको छ ?
सार्है गार्हो छ । त्यसमाथि पनि भर्खरै संघर्ष गर्न लागेकाहरुलाई हेर्ने नजर नै बेग्लै छ । तर पनि मैले लेखेको गित बजारमा राम्रै स्थानमा रहन्छ होला भन्ने आशा गरेको छु ।
सांगीतिक क्षेत्रमा लागेर जीवन गुजारा चल्छ जस्तो लाग्छ र?
हाहा चल्दैन ,रोजी रोटि मात्र चलेर भएन आवश्यकता असिमित छन् कसरि चल्नु गुजारा । बजारमा गित पठाउन कति हण्डर ठक्कर खानु पर्छ तर पनि सार्है खर्चिलो छ । संगीत प्रतिको लगावका कारण मात्र म यस क्षेत्रमा आएको हुँ । अहिले बजारमा पठाएको गीतको पनि रेस्पोन्स राम्रै पाएको छु ।
तपाइले यस क्षेत्रमा आए पश्चात संगीत क्षेत्रलाइ कसरि बुझ्नु भएको छ रु
संगीत मानिसको सुख दुखको साथी हो । संसारमा संगीत मन नपर्ने मानिस बिरलै होलान । म त संगीत भोगी नै भन्दा हुन्छ सायद छोड्न सक्दिन होला ,मैले संगीतलाई जीवन भन्दा अमुल्य सम्झेको छु ।
याद पिउन मिल्ने भए बोलको गीतमा मनोज राजको चर्चा राम्रो छ ,कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यो गित बाट म अत्यन्त सन्तुष्ट छु । मनोजराजको स्वर र गीतको संगीत हितान शुल्क्रले गर्नु भएको छ ।गित संगीत दुवै एकदम चर्चामा छ ,म अत्यन्त खुसि छु ।

 

याद पिउन मिल्ने भए बोलको गित लेख्दाको कुनै पल त्यस्तो अविस्मरणीय छ कि?
गित लेख्दा मा एक्लै थिए ,केहि पिडामा थिए । गिलासमा वाइन थियो अनि त्यहि वाइनमा कसैको तस्विर देखे । त्यहि क्षणमा केहि हरफ नोट गरे ,पछी त्यहि लाइन हेरे साचै मर्मस्पर्शी बनेको रहेछ ।
तपाइलाई कस्ता गित प्रति बिशेष रुची छ ?
म त् सबै प्रकारका गित लेख्छु , रोमान्टिक ,सेन्टिमेन्टल ,दोहोरि सबै लेख्छु ।
गीत कस्तो हुनुपर्छ भन्ने मान्यता राख्नु हुन्छ रु
गीत सबैलाई मनपर्ने हुनुपर्छ । रमाइलो छ भने सबैलाई रमाइलो लाग्ने ,भाबुक छ भने सबैलाई भाबुक बनाउने हुनुपर्छ जस्तो लाग्छ ।
एल्बम बनाउने सोच हो कि ?
बिस्तारै एल्बम बनाउन तिर पनि लाग्छु ।
इतिहासको पन्ना बोलको गित बाट कस्तो रेस्पोन्स पाउनु भयो त् रु
त्यो गित बाट सन्तुष्ट छु ।स्वर र संगीत सौगात जीले गर्नु भएको छ राम्रो छ ।
अन्त्यमा तपाईका शुभचिन्तकलाई के सन्देश छोड्न चाहनु हुन्छ रु
सबैले गित सुनेर प्रतिक्रिया दिनुहोला ,मलाई पनि हौसला हुने छ ।

भिडियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१