किन देख्दैन् अख्तियारले फोहोरको लुट ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ आश्विन २०७२, शुक्रबार १४:०८

ciaaकाठमाडौं,२२ असोज । नगर परिषद्ले राम्रो निर्णय गरे पनि त्यहाँभित्र भ्रष्ट कर्मचारीहरुको चलखेलका कारण कार्यान्वयन हुँदैन । राजनीतिक संयन्त्रका नाममा महानगरमा चुनिएका पार्टी प्रतिनिधिहरुसमेत महानगरमा पिलोका रुपमा विकसित भएका खटिराहरुको जालबाट मुक्ति लिन चाहदैन ।

चीनको महानगरले आफ्नो भगिनी सम्बन्ध जोडेको काठमाडौं महानगरलाई दिएका उपहारहरुको संरक्षण नहुँदा अहिले चासो लिन थालेको छ । पर्यटकीय क्षेत्र ठमेलको फोहोर संकलन र व्यवस्था गर्न तत्कालीन वडासचिव सुमन अधिकारीमार्फत् उपलब्ध गराइएका दुई सय गोटा दृष्टवीन अहिले ठमेलका कुनै ठाउँमा देखिँदैनन ।

त्यो सामग्रीहरु महानगरको लापरवाहीले व्यक्तिको घरमा पु¥याइएका छन् भने १०८ वटा गाडी लापरवाही रुपमा वातावरण व्यवस्था विभागले परिचालन गरेको छ । फोहोरको नाममा वर्षमा अर्बौ खर्च गरेको भए फोहोर संकलन र बिसर्जन गर्न एक वर्षको खर्चले पुग्थ्यो । तर त्यो विभागलाई प्रयोग गरेर महानगरको राजस्व घाटा लगाउने काम भएको छ ।

यो कामका असली अनुहार हुन महाशाखा प्रमुख हरि कुँवर, विभागीय प्रमुख ज्ञानेन्द्र कार्की खटनपटनका सईद्वय रामहरि कार्की, श्याम मल्ल उनीहरुले महानगरका विभिन्न १३ वडामा फोहोर संकलन गर्न ठेक्का लिने ठेकेदारहरुलाई महानगरकै गाडी, महानगरकै कर्मचारी दिलाएका छन् । ठेकेदारले फोहोर उठाएबापत महानगरलाई कुनै कर तिर्दैन ।

फोहोर उठाउँछ टेकुमा विर्सजन गर्छन् । तर सम्झौता आफ्नै स्रोत आफ्नै साधान प्रयोग गर्नुपर्ने उल्लेख गरिन्छ । गाडीसमेत महानगरकै प्रयोग गर्दा गाडी हेरेर प्रतिटिप रु।२५ सय, १८ सय १२५० महानगरको स्रोतबाट खर्च गराइएको छ ।

जुन रकम ठेकेदारले गर्नुपथ्र्यो । महानगरले वडा नं। १, २, ४, ५, ६, १३, १४, १५, १७, २४ र ३४, ३२ र १८ वडामा निजी क्षेत्रलाई फोहोर संकलन गर्न दिएको छ ।

प्रतिक्रिया