काठमाडौँ । सेप्टेम्बर मध्यमा क्यानडामा सम्पन्न प्यासिफिक एशिया इन्डिजिनियस वल्र्ड टुरिज्म कन्फ्रेन्समा ‘नेपाल ब्याक अन टप’ नामक कार्यपत्र प्रस्तुत गरेर भर्खरै फर्किनु भएकी पश्चिम नेपालको अन्नपूर्ण र धौलागिरी काखमा रहेको मुस्ताङ, मार्फाकी विद्या हिराचन टान कार्यसमिती सदस्य पनि हुनुहुन्छ । सन् २००२ देखि फ्रिलेन्स गाइडिङ गर्दै २००४ मा उहाँले मुस्ताङ टे«ल्स् ट्रेक्स एन्ड एक्सपिडिसन्स् प्रालि सुरु गर्नु भयो । भ्रमण, टे«किङ र नयाँ–नयाँ परिकार बनाउन रुचाउने उहाँ भुकम्पपछिको खस्केको पर्यटन प्रवद्र्धनमा बढी काम गर्न इच्छुक हुनुहुन्छ । पुख्र्यौली व्यवसाय हो र अध्ययनको विषय पनि पर्यटन भएकोले यो क्षेत्रमा आउनु भएको उहाँ जीवनमा धेरै काम गर्न बाँकी रहेको बताउनु हुन्छ । युरोपका विभिन्न देश, अमेरिका, क्यानडा, अस्टे«लिया, फिलिपिन्स, थाइल्यान्ड, सिंगापुर, भारतलगायत झन्डै दुई दर्जन देश घुमिसक्नुभएकी उहाँले ‘टुरिज्म एन्ड हस्पिटालिटी’मा अस्ट्रियाको साल्जबर्ग युनिभर्र्सिटीबाट स्नातकोत्तर गर्नु भएको छ । एड्भान्स माउन्टेनरिङ टे«निङ लिनुभएकी पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास खासगरी ट्रेलहरुको निर्माण र पुनर्निमाण, क्षेत्रगत सूचना केन्द्रको निर्माण र व्यवस्थापन, क्षेत्रगत रेस्क्यु टीम खडा, गाइड र पोर्टरलाई विशेष तालिम दिएर उनीहरुको दक्षता अभिवृद्धि आदिमा जोड दिनु हुन्छ । आशा, धैर्यता, मिहनेत, मिलनसारिता र सकारात्मक सोचसाथ अगाडि बढे जीवन सफल हुने उहाँको विश्वास छ ।
प्रतिक्रिया