काठमाडौँ । पर्वतीय पर्यटनको महत्वपूर्ण हिमाली क्षेत्र मनाश्लु बोकेर उभिएको गोरखा, अश्राङ्का सागर पाण्डे ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) का अध्यक्षका प्रत्यासी हुनुहुन्छ । हाल उहाँ टानका महासचिव हुनुहुन्छ । २०४९ सालमा पर्वतिय पर्यटन क्षेत्रमा आउनुभएका पाण्डे हिमालयन ग्लेसियर टे«किङ र ब्ल्याक डाइमन्ड एक्पिडिसनका कार्यकारी अध्यक्ष हुनुहुन्छ । होटल मुनलाइट प्रालि, अवतार काठमान्डु होटल, होटल इनकाउन्टर नेपाल, होटेल नोर्बुलिङ प्रालि, आर्यतारा काठमान्डु होटेल, यात्री स्विट्स् एन्ड स्पा, हिमालयन गल्फ होलिडेज्, द सिप रेस्टुरेन्ट बार एन्ड लन्च र काठमान्डु ग्रिल रेस्टुरेन्ट एन्ड बारका पनि उहाँ कार्यकारी अध्यक्ष हुनुहुन्छ । भ्रमण, खेलकुद, अध्ययन–अनुसन्धानमा रुचि राख्ने पाण्डे सुरुमा संयोगले पर्यटन क्षेत्रमा आउनु भएको थियो । परिवार, व्यवसाय र साथीहरुलाई जीवनको खास उपलब्धि मान्ने र कुराभन्दा काम बढी गर्ने स्वभाव उहाँको छ । आफ्नो उद्यमशीलताबाट अरुलाई रोजगारी दिनसक्दा प्राप्त हुने खुशीलाई सामाजिक सम्मान मान्ने उहाँले नर्थ अमेरिका, रसिया, युरोप र एशियाका विभिन्न देश घुमिसक्नु भएको छ । विज्ञानमा स्नातक उहाँ २३ बर्षको आफ्नो व्यवसायिक अनुभवलाई जीवनको सबैभन्दा ठुलो उपलब्धि मान्नु हुन्छ । सकारात्मक सोच, लगनशीलता, मिलनसारिता, उद्यमशीलता र लिडरसीपकै कारण आफु यहाँसम्म आइपुगेको बताउनु हुन्छ । उहाँसग पर्वतिय पर्यटन विकासका लागि स्पष्ट दृष्टिकोण छ ।
१)पदयात्रा ऐनमा समयानकुल सुधार ।
२) पदयात्रा सम्भाव्यताको खोजी । विद्यमान पदयात्रा टे«किङ टे«लको संरक्षण र सँवद्र्धन । नयाँ अल्पकालीन र दीर्घकालीन योजना ।
३) पर्यटन उद्योगका गुरुयोजनाहरुलाई राष्ट्रिय योजनामा राख्न पहल ।
४) नेपाललाई विश्वको पहिलो र सवोत्कृष्ट पदयात्रा गन्तव्यको रुपमा चिनाउन विश्व पदयात्रा बजारलाई अनुसन्धान गर्ने र विश्व बजारको पदयात्राहरुको रुचि अनुसार नेपालको पर्वतीय पर्यटनको गन्तव्यको पहिचान ।
५) एक्काइसौं शताब्दीमा पर्यटन व्यवसाय डिजिटलाइजेसन हुँदैछ । त्यसलाई सम्बोधन गर्न थप प्रोफेसनल तालिम र वर्कसहरु संचालन ।
६) मुल्यमा प्रतिस्पर्धा गरेर मात्र व्यवसाय अगाडि बढ्छ भन्ने होइन । गुणस्तरमा जोड दिनसके दीगो पर्यटन सहज हुन्छ भन्ने चेतना जगाउन लाग्नेछौं ।
७) पर्यटन मजदुरको स्तरनोति गर्न लागिपर्ने । पर्यटन उद्योगलाई थप मर्यादित र जिविकोपार्जनमुखी रुपमा लैजान आवश्यक छ । मजदुर र व्यवसायीबीच सम्बन्ध सुधार गरी विद्यमान ग्याप हटाउने । दिगो पर्यटन पर्यावरणसँग मात्र जोडिएको हुँदैन । यो मजदुर र व्यवयायी सम्बन्धमा पनि आधारित हुन्छ ।
८) पर्वतीय पर्यटनबाट टे«किङ क्षेत्रमा पर्ने पर्यावरणीय प्रभावलाई न्युनीकरण गर्न सरोकार पक्षहरुसित मिलेर अगाडि बढ्ने ।
९) पछिल्लो समयमा क्याम्पिङ टे«किङ बढ्दै गएको छ । त्यो एउटा पाटो हो तर, सधैं मनाश्लु, कञ्चनजंघालगायतका रुटमा होटल र लजहरुको स्तर उन्नति गर्न कार्यक्रम अगाडि बढाउने ।
१०) पदयात्रा पर्यटन व्यवसायीहरुको नेतृत्वको लागि अगाडि बढ्दै जाँदा समग्र पर्यटनका लागि अगाडि बढ्दै समग्र पर्यटनलाई अगाडि बढाउन गुरुयोजना नेतृत्वदायी भुमिका खेल्ने ।
११) टानमार्फत अघिल्लो कार्यकालमा सम्पन्न हुन नसकेका नीति तथा कार्यक्रमलाई तत्काल अगाडि बढाउने ।
१२ ) विनाशकारी भुकम्पबाट पर्यटन क्षेत्र घाइते भयो । त्यसैगरी संविधानसभाबाट नयाँ संविधान जारी भएपछि पनि देशका विभिन्न भागमा भएका आन्दोलनका कारणबाट निराश भएका पर्यटन व्यवसायीलाई राहत दिन व्याजमा मिनाह, ऋणको समयावधिमा वृद्धि र आर्थिक सहुलियत दिलाउन सरकारलाई दवाव दिने ।
१३ ) पर्यटन क्षेत्रको विद्यमान समग्र समस्यालाई समाधान गर्न व्यवसायिक एकता अनिवार्य आवश्यक भएकोले संयुक्त पर्यटन समन्वय समिती (जेटीसीसी)मार्फत व्यावसायिक एकता गर्न नेतृत्वदायी भुमिका खेल्ने र टानमा व्यवसायिक नेतृत्व स्थापित गर्ने ।
प्रतिक्रिया