अक्टुवर १३ मा मातृभुमिका लागि यूवा अभियानको बिशेष कार्यक्रम हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ आश्विन २०७२, बिहीबार २०:२६

imagesकल्पना दंगाल,२१ असोज । देश विदेशमा छरिएर रहेका नेपालीहरूले आफनो जन्मभूमि प्रति केही गर्नुपर्छ भन्ने महान उद्देश्यले स्थापित सामाजिक सस्था मातृभुमिका लागि यूवा अभियान नेपाल २०७० सालमा स्थापित गरिएको सस्था हो । राष्ट्रिय खबर डटकम संग आज कुरा गर्दै केन्द्रिय अध्यक्ष सुनिल खडका्ले यो अभियान एक सामाजिक अभियान भएकाले अव समाजलाई परिवर्तन गर्न नयाँ ढंगले लाग्नुपर्छ भन्नुहुदै आफुहरूले नेपाली समाज नेपाली जनता र समग्र नेपाललाई समृद्ध बनाउन चाहेको बताउनुभयो । sunil-khadkaयो सस्था झन्डा बोक्ने, सडकमा टायर बाल्ने सस्था नभएको भन्दै बैदेशिक रोजगार, युवाहरूको अवस्था, नेपाली राजनिति र राजनेता र वर्तमान समाज सेवाको भावनाले भुगोलमा रहेका नेपालीहरू यदि एक भएर लागेमा सम्पन्न नेपाल निर्माणको लागि समय नलाग्ने र यो सस्था नेपाली समाजमा सामाजिक परिवर्तनका लागि स्थापना गरिएको र यसमा आवद्ध हुनलाई सवैलाई आग्रह गर्नुभयो ।

मातृभुमिका लागि यूवा अभियान नेपालको आगामी अक्टुवर १३ मा काठमाडौको होटेल अन्नपूर्णमा  हुने बिशेष कार्यक्रम

राष्ट्रिय सम्रिदीको लागि युवा एकता 

नीति ,नियत र नेतृत्व परिबर्तन आजको आबस्यकता 

भन्ने मूल नाराका साथ आफना भाविकार्य दिशाहरू घोषणा हुने र  सस्थालाई विश्वव्यापिकरण बनाउदै लगिने र यसमा हाल सम्म हजारौ नेपाली युवायुवतीहरू आवद्ध भएको खड्काले  दावी गर्नुभयो । यो सस्थाको बारेमा आफुले लामो अध्ययन र नेपालका उच्च पदस्थ अधिकारीहरूसगँ पनि यसको बारेमा छलफल चलाएको पनि बताउनुभयो ।

सस्थाका उपाध्यक्ष अनुज थापाले यो संस्थालाई एक सामजिक सस्थाको रुपमा अघि बढाएको र सवैलाई सामाजिक संस्थाको रुपमा बुझिदिन आग्रह गर्दै समाज परिवर्तनको लागि यो सस्था अपरिहार्य छ भन्नुभयो । downloadयस कार्यक्रममा सबै जना नभई केहि बुद्दिजिबि बर्गलाई पनि समेटिने जनाउदै उहाहरुले हामीलाई १/२ दिन अगाडी नाम टिपाउन सजिलो होस् भनेर  कार्यालयको सम्पर्क नम्बर  ९८५११७४३०७  मा सम्पर्क गर्न समेत  आग्रह गरे  ।

अक्टुवर १३ मा राजधानीमा हुने कार्यक्रममा भावि कार्यदिशा तय गर्ने र सामाजिक विषयहरूमा संघसस्थाहरूसग हातेमालो गर्दै अघि बढने कुरा थापाले बताउनुभयो ।

प्रतिक्रिया