भारतीय दुताबासलाई चामल दान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ आश्विन २०७२, बिहीबार १५:४८

12088408_1027666700619580_1046647783638849839_n काठमाडौं,२१ असोज  । नेपालमाथि नाकाबन्दी लगाएर भारतीय दुताबासले नेपाल आयलनिगम सँग इन्धन मागेपछि नेपालीहरुले गतिलो जवाफ दिएका छन् । भारतीय दुताबासलाई १ लिटर पेट्रोल दान दिन त्यहाँ पुगेका नेपाली युवाहरुले भारतविरुद्ध नारा स्थापित गरिरहदा आज पनि शान्त शर्माको नेत्रित्वमा गएको टोलीले चामल  दान गरेका छन् ।

शान्त शर्माले राष्ट्रिय खबर डटकमलाइ जानकारी दिदै हामीले यो सांकेतिक रुपमा भारतलाई चुनौती दिदै भारतको गतिबिधि ठिक भएन र छिमेकि राष्ट्रलाई यसरि अघोषित नाकाबन्दीले अप्ठेरोमा पर्ने काम तत्काल बन्द गर्न यो भारतीय दूतावासलाइ  चामल  दान गरेका हौ ! अब पनि भारतले यसरीनै नेपाललाई सताउने हो भने भारतलाइ अन्तरास्ट्रिय स्तरमा पनि भारत गिर्ने शर्माले जानकारी दिनुभयो ।12088497_1027645843954999_5144914188125676903_n

नेपालमा तेल आउने नाकाबन्द गरेर भारतीय दूतावासले नेपाल आयल निगमसँग तेल उपलब्ध गराउन पत्र लेखेपछि नेपालमा त्यसको तीव्र प्रतिक्रिया देखिएको छ ।12106722_823096594477473_1729945157288269171_n

प्रतिक्रिया