इपीएस कोरिया भाषा परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ आश्विन २०७२, बिहीबार १५:२४

काठमाडौँ । रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीएसको भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ।Flag-Pins-Nepal-South-Korea-400x250 असोज २ र ३ गते सञ्चालन भएको परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन् । सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका हुन् ।परिक्षामा ४७ हजार ९ सय २८ जनाले फर्म भरे पनि ४४ हजार एक सय ३७ जनाले परीक्षा दिएका थिए। ३ हजार ६ सय ६२ जना कृषितर्फ र ४ हजार ३ सय ८९ जना उत्पादनमुलक काममा उत्तीर्ण भएका छन्।  परीक्षामा पास हुनेहरुको मंसिरको पहिलो साता स्वास्थ्य परीक्षण हुने भएको छ । स्वास्थ्य परीक्षामा पास हुनेहरु सन् २०१६ को जनवरीदेखि कोरियामा रोजगारीकालागि जान थाल्ने कोरिया शाखाको निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१