लण्डनमा २०० औ भानु-जयन्ति भब्य रुपमा सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७१, मंगलवार ०६:३१
आदिकवि भानुभक्त आचार्य द्विशत्वार्षिकी समारोह समिति” बेलायतले यहि ८ जुन २०१४ मा विविध रचनात्मक,ऐतिहासिक कार्यक्रम सहित आदिकविको २०० औं जन्म जयन्ती नेपाली राजदूताबास बेलायतको समारोह हलमा भव्यताका साथ सम्पन्न गरेको छ ।download
समारोहलाई सम्बोधन गर्नु हुदै कार्यबाहक राजदुत श्री तेज बहादुर क्षेत्रीले आदिकाबी भानुभक्तको योगदान बारे चर्चा गर्नु हुदै देश बिदेशमा छरिएर रहेका नेपाली जन समाज बीच भानुको संदेश पुर्याउन नेपाल सारकार बाट बिसेष पहल तथा अभियानको रुपमा २००औ जन्म जयन्तिलाई बिसेष कार्यक्रमको रुपमा अगाडी बढाइएको र येस्मा बेलायेती साहित्यकार र साहित्यिक संस्थाहरुको भूमिका महत्वपूर्ण भएको कुरा प्रकाश पर्नु भयो ।
अर्का अतिथि एती नेपाली एसोशियाँका पुर्ब अध्यक्ष तथा ब्रिटेन नेपाल सिभिक फोरमका अध्यक्ष डा.राघब प्रसाद धिताल (ओबिइ ),नेपाली साहित्य विकास परिषद्का अध्यक्ष खगेन्द्र नेपाली ,NRN यौके का बरिस्ट उपाध्यक्ष सुर्य नेम्बांग तथा माहासचिब राजकुमार त्रिपाठीले बिदेशमा बसेर नेपाल र नेपालीको पहिचान जोगाउन नेपाली भाषा र साहित्यको संरक्ष्ण हुनु जरुरि भएको कुरा औल्याउनु हुदै आदिकाबी भानुभक्तको योगदान सामाजिक एकिकरणको दिसामा उन्मुख रहेको कुरा चर्चा गर्नु हुदै येस्मा नेपाल सरकार बाट चालिएको कदम सर्हानिय छ भन्नु भयो ।
२ चरणमा विभाजित उक्त कार्यक्रममा पहिलो चरणको उद्घोसन तथा कार्यक्रम संचालन साहित्यकार गोपी कृष्ण प्रसाइले गर्नु भएको थियो।अतिथिहरुको आशन ग्रहण सक्नासाथ नेपालको रास्ट्रिय गान सामुहिक रुपमा गाइएको थियो भने  महामहिम देखि सबैले भानुको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो।खचाखच भरिएको हलमा सहभागी सबै साहित्यकार ,साहित्यानुरागी तथा साहित्यप्रेमीहरुलाई समारोह का का.स.सदस्य ,कबि तथा साहित्यकार डा.गोपाल पौड्यालले स्वागत भाषण गर्नु भएको थियो।उहाले एस्तो घाममा टाढा टाढा देखि आफ्नो कम काज सबै छोडेर यो कार्यक्रममा आइदिनुहुने सम्पूर्ण उपस्थित महानुभाब हरुमा समारोह समितिको तर्फबाट र म आफ्नो तर्फबाट पनि हार्दिक स्वागत अभिबादन गर्दछु भन्नु भयो /
समारोहमा बोल्ने अन्य बक्ताहरु विश्व नेपाली साहित्य महा संघका केन्द्रीय अध्यक्ष बिस्वास दिप तिगेला ,अन्तर्रस्त्रिया बंग्मय प्रतिस्थान बेलायतका अध्यक्ष विकल आचार्य,प्रतिभा प्रतिष्ठानका अध्यक्ष देबेन्द्र खेरेस,साहित्यकार,कबि तथा विद्वान पण्डित श्री दुर्गा प्रसाद पोखरेल ले रमण लाई केवल राम र रावणको रुपमा मात्र व्याख्या गर्नु नहुने बताउदै सिता  भनेको स्वयममा  भएको शान्त भाब हो भने रावण  भनेको इर्स्या  र द्वेष भाब हो अनि राम भनेको कर्तब्य पारायण र संघर्षशील न्यायमूर्ति हो भन्दै कथा तथा साहित्यको को सार हैन भाब बुझ्न आग्रह गर्नु भयो ।पण्डित पोखरेलको भनाइलाई हाल भरिका सबैले मन्त्र मुग्ध भएर सुनेका थिए।
स्कटल्याण्ड देखि यो कार्यक्रममा भाग लिन भनेर आउनु भएका सोमनाथ प्रतिष्ठानका अध्यक्ष डा.घिमिरेले भानुभक्तको रामायण मा आधिरित बासुरिको धुन प्रस्तुत गर्नु भएको थियो भने नेपाली साहित्य बिकाश परिषद्का निबर्तमान अध्यक्ष तथा  समारोहका उपाध्यक्ष कबि हरि सिंह थापाले भानुभक्तको रामायण लाई श्लोक भाषामा बाचन गर्नु भएको थियो ।
समारोहका आर्थिक संयोजक सोलिसिटर राजु थापाले यो कार्यक्रम लाई भव्यताका साथ् सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने दान्बिर मन हरु सबैलाई धन्यबाद दिन चाहन्छु भन्दै सहयोगी ब्यापारी तथा स्पोन्सर हरुको नाम पढेर सुनाउदै का..बा राजदूतको बहुलि बाट  सम्मान पत्र द्वारा प्रदान गर्नु भयो।
कबि तथा साहित्यकार सुरेश जंग शाह को सभापतित्वमा सम्पन्न उक्त समारोहको प्रमुख अथिति काबा राजदूत तेज बहादुर क्षेत्री तथा अतिथिहरुमा बेलायतका बरिस्ट समाजसेवी डा.राघब प्रसाद धिताल (ओबिइ) यन आर यन का बरिस्ट उपाध्यक्ष सुर्य नेम्बान्ग, महासचिब राजकुमार त्रिपाठी, जनरल विश्वनाथ घिमिरे नेपाली साहित्य बिकाश परिषद्का सभापति खगेन्द्र नेपाली तथा निबर्तमान सभापति कबि तथा साहित्यकार हरि सिंह थापा हुनुहुन्थ्यो।कार्यक्रममा साहित्यकार खगेन्द्र पाठकले भानु सम्बन्धि लेख तथा गोपी कृष्ण प्रसाइले अनुसन्धानात्मक साहित्यिक खुराकहरु पस्कनु भएको थियो।समारोहलाई बरिस्ट गैका शर्मिला बर्दिवाले श्लोक भाषामा मुक्त कण्ठले गाउदा तालिका पर्रा छुटेका थिए।
दोश्रो चरणको कबिता बाचनको उद्घोषण पत्रकार तथा का.स.ज्ञानेन्द्र राउतले गर्नु भएको थियो ।करिब ३० जनाजति कबि तथा कवयत्री हरुले बाचन गरेका कविता,मुक्तक,गजल तथा श्लोक हरुले सबैको ध्यान एककृत गरेको थियो। कविता बाचन गर्ने कविहरुमा कबि श्री दुर्गा पोखरेल,गोपी कृष्ण प्रसाई,गोपी सापकोटा,,किरण थेबे लिम्बु ,सुमल कुमार गुरुङ,बिमला गौतम,देबेन्द्र खेरेज,सागर सिलवाल,जयालक्ष्मी राइ ,समिप हान्ग्बांग जर्जर,साबि श्रेष्ठ,विजय धिताल,बिनोद रोक्का,नरेश कान्ग्बांग राइ,निर्मला राइ परिवेश, विजय हितांग मगर, मंजु भण्डारी,सन्तोष खनाल,रिता गौतम,खगेन्द्र पाठक,रेशम अर्याल,,बाचस्पति रेग्मी,बिस्वस्दिप तिगेला,बिमला थापा, मोतिराज भण्डारी,गोकुल भण्डारी,फणिन्द्र भट्टराई,दलबहादुर बुढाथोकी,प्रतिमा बोहरा,धन बहादुर थापा,कोमल श्रेष्ठ मल्ल,तथा कवितामा सब भन्दा रोचक कवयत्री सशी थापा सुब्बाले हैन हो के बुझ्यौ? भन्ने कविता र लिला गुरुंगले गुरुङ ट्रेडिसनल पहिरनमा श्रीमान सहित आउनु भएको हुदा उहाको सहभागिता बिसेष रह्यो भने उहाको कविता पनि श्रबण  आकर्सण नै थियो।
कार्यक्रमको अन्त्य तिर NRN महासचिब राजकुमार त्रिपाठीले सुरेश जंग शाह लाई NRN को तर्फा बाट तथा नेपाली कांग्रेस पार्टीको तर्फ बाट पनि खादा लगाउदै  हार्दिक स्वागत गर्नु भयो ।उक्त अबसरमा नेपाली जनसम्पर्क समितिका बिनोद मोक्तानले समेत सुरेश जंग शाह लाई तथा सम्पूर्ण आयोजक समितिलाई बधाई तथा शुभकामना दिनु भयो।
कार्यक्रमको अन्त्यमा सभाका सभापति  कबि तथा साहित्यकार सुरेशजंग शाहले आजको यो भब्य कार्यक्रम संसार भरि मनाउन नेपाल सरकारले मलाई संयोजक तोकेर जिम्मेबारी दिएकोमा म नेपाल सरकार प्रति आभारी छु भन्दै आज यो नेपाली राजदुताबासमा सरकारका कुटनीतिक प्रतिनिधि महामहिम राजदूत ज्यू तथा शैनिक सहकारी जनरल विश्व नाथ घिमिरे ज्युको सहभागितामा तथा सम्पूर्ण नेपाली जनताका प्रतिनिधि तथा साहित्य प्रेमी संघ संस्था ,कबि,कलाकार,तथा पत्रकार साथिहरु तथा बिसेष गरि बेलायतमा हुनु भएका साहित्यकार तथा साहित्यानुरागी साथीहरुको बिचमा यो ऐतिहासिक  कार्यक्रम सफल पार्न पाउदा गौरंबित भएको र  यहा उपस्थित सबै साथि हरुलाई हार्दिक धन्यबाद दिदै यो कार्यक्रम सम्पन्न भएको घोषणा गर्दछु भन्नु भयो। बीच बिचमा फलफुल तथा सेलरोटी तथा नेपाली परिकार अनि चिया नास्ता र सफत ड्रिंक्स हरु समेतको ब्यबस्था गरिएको थियो ।

प्रतिक्रिया