YMM विश्व भरि चम्किदै ,थाइल्यान्ड राष्ट्रिय समितिको बैठक सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७१, मंगलवार ०६:२३

मातृभुमिका लागि युवा अभियान थाइल्यान्ड राष्ट्रिय समितिले 04 June 2014 को दिन नेपाल राजदुतबास थाइल्यान्डसंग सौहाद्र पुर्ण वातावरणमा बैठक सम्पन्न गरेको छ । नेपाल राजदुतबासका कार्यबहाक राजदुत श्री डोरनाथ आर्यल ज्यु र मातृभुमिका लागि युवा अभियान थाइल्यान्डको तर्फबाट राष्ट्रिय समितिका अध्यक्ष श्री अकल बहादुर थापा ज्युको नेतृत्वमा बैठक सम्पन्न भएको थियो । सर्बप्रथम त राष्ट्रिय समितीका पदाधिकारिहरुको परिचयत्मक कार्यक्रम रहेको थियो । 1402349723_YMMकार्यसमितिका तर्फबाट अध्यक्ष श्री अकल बहादुर थापा ज्युद्वरा मातृभूमिका लागी युवा अभियान्थाइल्यान्ड प्रर्थम राष्ट्रिय सम्मेलनमा चयन भएका पदाधिकारिहरुको नामवली साथै बैधानिक्ता प्राप्त कागजपत्र पेश गर्नु भएको थियो । कार्यबहाक राजदुत श्री डोर नाथ अर्याल ज्युद्वार थाइल्यान्डमा रहनु भएका नेपाली दाजु-भाई तथा दिदि-बहिनिहरुको समस्यालाई ध्यानमा राखी सामाजिक कार्यहरुमा निरन्तर अगाडी बढी रहन सुझाव दिनु भएको थियो । थाइल्यान्डमा रहनु भएका सबै नेपाली संघसंस्थाहरुलाई बिना भेदभाब समान रुपमा सहयोग पुर्याउने प्रतिबद्दता जाहेर गर्नु भएको थियो । मातृभूमिका लागी युवा अभियान” भन्ने Topics आफुलाई मन परेको र नाम अनुसारको काम अगाडी बढाउन सल्लहा पनि दिनु भएको थियो । आगमी दिनहरुमा नेपाल राजदुतबासले आयोजना गर्ने हरेक राष्ट्रिय पर्व लगायत नेपाल र नेपालीहरुसंग संबन्धित कार्यक्रमहरुमा सम्मानजनक रुपमा मातृभूमिका लागी युवा अभियानलाई सहभागी गराउने प्रतिबद्दता जनाउनु भएको थियो । मातृभुमिका लागि युवा अभियान” नेपाल सरकारमा दर्ता भई सकेको संस्था भएकोले नेपाल राजदुतबासले सधै साथ दिई रहने कुरा ब्यक्त गर्नु भएको थियो ।

           राष्ट्रिय समितिका तर्फबाट थाइल्यान्डमा रहेको नेपाल राजदुतबासले नेपाली नागरिकहरु प्रती भएको भेदभाबको बिषयमा जोडदार आवज उठाएको थियो । नेपाल राजदुतबासले सर्बसाधरणहरुलाई सानातीनो समस्यामा पनि दुख: दिने र उल्टै धम्काउने बिषयमा सजक गराइएको थियौं । आगमी दिनहरुमा मातृभूमिका लागी युवा अभियानले गर्ने कुनै पनि कार्यक्रमहरुमा नेपाल राजदुतबासलाई वरिष्ठ सल्लहकारको रुपमा सम्मान गर्ने र सम्मानजनक रुपमा निमन्त्रण दिने कुरा ब्यक्त गरेका थियौं । राष्ट्रिय समितिका तर्फबाट थाइल्यान्डमा रहनु भएका नेपाली संघसंस्थाविध्यार्थीमजदुर्कर्मचारीब्यापार ब्यावसयी र जेलमा रहनु भएका नेपालीहरुका तथ्यांक डाटा उपलब्ध गराई दिन हुन निबेदन पेश गरेका थियौं । यस बिषयमा नेपाल राजदुतबासले छिटो भन्दा छिटो उपलब्ध गराउने बचन दिनु भएको थियो ।

           राष्ट्रिय समितिका तर्फबाट अध्यक्ष श्री अकल बहादुर थापाउपाध्यक्ष श्री सोम बस्नेत्महासचिव जोख लाल थापासचिव श्री रबिन राईसहकोष्ध्यक्ष तथा संबाददाता श्री लीला राम गुरुङ्कार्यलय सचिव श्री सन्तोष लिम्बुअनुशासन विभाग प्रमुख देव राईवरिष्ठ ब्यापारी रोशन गुरुङ को उपस्थिती रहनु भएको थियो । 

प्रतिक्रिया