दाङ ,२० असोज। पूर्वप्रधानमन्त्री डा। बाबुराम भटराईले आफु नयाँ शक्ती निर्माणको तयारीमा रहेको बताउनुभएको छ । भटराईले विभिन्न पार्टी छोडेर बसेका र कुनै पनि पार्टीमा नलागेका स्वतन्त्र व्यक्तिहरुलाई संगठित गरी नयाँ राजनैतिक शक्ति वनाउने योजना रहेको बताउनुभएको हो ।
संविधान सभावाट संविधान वनाउने कार्य पुरा गरेको भन्दै अब आर्थिक विकास र सम्वृद्धि हुदै सम्मुन्नत नयाँ नेपाल निर्माणमा सबै लाग्नुपर्नेमा डा. भटराईले जोड दिनुभयो । डा. वावुराम भट्टराईले भारतले गरेको नाका वन्दी र आफ्नो पार्टि परित्यागको कुनै सम्बन्ध नरहेको बताउनुभयो । भारतले नाकावन्दी अन्त्यन्त गलत भएको भन्दै उहाँले अन्र्तराष्ट्रिय पारवहन सन्धीको घोर उल्लंघन गरेको टिप्पणि गर्नुभयो । मधेस र थारु आन्दोलनलाई समर्थन गर्दै विभिन्न सभालाई सम्बोधन गर्दै हिड्नुभएका डा। भटराईले मधेसि र थारुहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया