‘रनवे मोडल’को प्रशिक्षणमा २५ युवा, २५ युवती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० आश्विन २०७२, बुधबार ०६:०५

runway-modelकाठमाडौँ ।  अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको सौदर्य प्रतियोगीता ‘रनवे मोडल २०१५’को प्रशिक्षण सुरु भएको छ । बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अहिले प्रशिक्षण मार्फत अन्तिम प्रतियोगीताको तयारी गरिरहेका छन् । नया“ बानेश्वेर स्थित सेल्फडेभलपमेन्टमा उनिहरुको प्रशिक्षण चलिरहेको छ ।

अन्तराष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे, भिजे, स्टेज पफमेन्स, व्यक्तित्व विकास, कम्युनिकेसन डेभलपमेन्ट, फोटो तथा भिडियो सुट ट्रेनिङलगायतका विषय प्रशिक्षण राखिएका छन् ।

यही असोज २९ अन्तिम स्पर्धा हुने प्रतियोगीतामा शीर्ष सहित विभिन्न दर्जन विधामा विजेता घोषित गरिनेछ । प्रतियोगिताका शीर्ष विजेताले पचास हजार नगदसहित चलचित्र ,म्युजिक भिडियो, विज्ञापन, चलचित्र अभिनय अवसरका अलवा विभिन्न अन्य उपहार जित्न सक्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१