हास्यकलाकारले प्रधानमन्त्रीलाई बुझाए फुटबल खेलेर उठेको पैसा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० आश्विन २०७२, बुधबार ०५:५४

sammanitकाठमाडौँ,२० असोज  । बैशाख १२ गते गएको भूकम्प प्रभावितको सहयोगार्थ कलाकार भर्सेस नेता बिच गराइएको फुटबल प्रतियोगीता बाट उठेको रकम मंगलबार हास्य व्याङ्ग्य कलाकारको टोलीले प्रधानमन्त्री सुशिल कोइराला लाई हस्तान्तरण गरेका छन् । नेता भर्सेस कलाकार बिच फुटबल प्रतियोगिताको आयोजना ‘नयाँ पत्रिका’ दैनिकले गरेको थियो भने उक्त प्रतियोगितामा प्रधानमन्त्री कोइराला स्वयम् पनि मैदानमा उत्रिएका थिए ।
कबmmबलष्तबिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगी दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल लगायतको हास्य ब्याङ्ग्य कलाकारहरु टोलीले प्रधानमन्त्री कोइराला र सूचना तथा सञ्चार मन्त्री डा। मिनेन्द्र रिजाललाई ५७ लाख २२ हजार सात सय पचास बराबरको चेक हस्तान्तरण गरेका हुन् । यो रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा संकलन हुनेछ । जसलाई भूकम्प बाट क्षति हुन गएका भवन, घर तथा विद्यालयको पुर्न निर्माण लगाइनेछ । भूकम्प प्रभावितको सहयोगमा नेपाली कलाकारहरु पनि एकजुट भएर लागि परेका थिए ।

प्रतिक्रिया