सगरमाथा सुरक्षित रहेको सन्देश प्रवाह गर्न पर्यटनमन्त्री शेर्पाको आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७२, मंगलवार १८:४४

IMG_0050काठमाडौँ  । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले सगरमाथा क्षेत्र पूर्ण रुपमा सुरक्षित सन्देश प्रचार गर्न आग्रह गर्नुभएको छ । मंगलबार शिखरपोष्टद्वारा आयोजित ‘भूकम्पपछिको सगरमाथा’ विषयक कार्यक्रममा बोल्दै मन्त्री शेर्पाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रचारमा आएजस्तो स्थिति नरहेको भन्दै सगरमाथाको बारेमा यर्थाथ र सकारात्मक सन्देश प्रवाह गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको हो ।

मन्त्री शेर्पाले भूकम्पले सगरमाथा क्षेत्रमा क्षति नै नभएको भन्दै यसको प्रचारका लागि सञ्चारमाध्यम, पर्यटकीय संस्थालगायत सरकारी तथा निजी क्षेत्र सबैलाई आग्रह गर्नुभयो । सगरमाथासँगै अधिकांश पदयात्रा क्षेत्र पनि सुरक्षित रहेको शेर्पाको भनाई थियो । 11224581_1618285881767077_5131986929341950563_nपूर्व पर्यटनमन्त्रीसमेत रहनुभएका सोलुखुम्बुका पूर्वसभासद् बलबहादुर केसीले पनि अनावश्यक तोडमोड गरी सगरमाथा क्षेत्रलाई असुरक्षित देखाईएकोप्रति आफू चिन्तित बनेको बताउनुभयो । सगरमाथा क्षेत्रमा प्रचारित क्षति नभएको उहाँले स्पस्ट पार्नुभयो ।

कार्यक्रममा उपस्थित नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का महासचिव सागर पाण्डे, ठमेल पर्यटन विकास परिषदका रामशरण थपलिया, नाट्टाका अध्यक्ष डीबी लिम्बू, सोलुखुम्बु सरोकार मञ्चका अध्यक्षलगायतले पनि सगरमाथा क्षेत्र सुरक्षित रहेको र यसको यर्थाथ सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमासमेत प्रवाह गर्नुपर्ने बताए ।

कार्यक्रममा भूकम्पपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने संस्था हिमालयन सोसल जर्नी ट्रेक्सका प्रवन्ध निर्देशक रामप्रसाद सापकोटा, हिमालयन म्याजिक टे«क्सका प्रबन्ध निर्देशक नविन कार्की, पर्यटनमा विभिन्न विधामा रहेर सहयोग गर्ने होटल नेपालयका सञ्चालक कमल रिमाल, ग्रेटफुल टुर्र एण्ड ट्रान्सपोटेसनका रमेश गौतम, हिमालयन पिज्जाका सञ्चालक शान्त शर्मालाई अभिनन्दन गरिएको थियो ।

त्यसैगरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पर्यटन पत्रकारहरुको सञ्चाल विस्तार गर्न सफल भएको र मुलुकभरको पर्यटन प्रवद्धनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) लाई सम्मान गरिएको थियो, संघका केन्द्रिय अध्यक्ष शिव अधिकारीले उक्त सम्मान ग्रहण गर्नुभयो । यस्तै, छापाखानातर्फ शारदा प्रीन्टिङका सञ्चालक भिमप्रसाद सापकोटालाई पनि सम्मान गरिएको थियो ।12088417_1618286918433640_4257533527477213644_n

कार्यक्रममा हास्य टेलिसिरियल भद्रगोलका कलाकारद्धय हरि निरौला (कक्रोज) र सागर लम्साल (बले)ले मनोरञ्जनात्मक प्रस्तुति पनि रहेको थियो । शिखरपोष्टका प्रबन्ध निर्देशक चन्द्रकला राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संयौको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१