हराउँदैछ मोही पार्ने परम्परागत ठेकी र मदानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७२, मंगलवार १२:४३

thaka-thaki-kath-bata-banaudaiyकाठमाडौँ, १९ असोज ।  पछिल्लो समय काठबाट बनेका भाँडाकुँडाहरु ठेकी, मदानी, पिर्का लगायतका भाँडाकुँडाहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । गाउँबाट शहर बसाई सर्ने र पलायन हुनेहरुको दर ह्ह्वात्तै बढेसँगै प्लास्टिक, गिल्टी र स्टिलका आधुनिक भाँडाकुँडाको प्रयोग पनि बढ्न थालेपछि गाईभैंसीको दूध दुहुन र मही पार्न प्रयोग गरिने काठको ठेकी र मदानी लोप हुँदै गएको पर्वतका किसान बासुदेव तिवारी बताउँछन् । तिवारीका अनुसार पहिले पहिले गाउँमा नै स्थानीय स्रोत र साधनको परिचालन गरेर बनाइने मध्येका ठेका र मदानी अहिले शहरबाट किनेर ल्इाइन्छ । गाउँघरमा कहीँकतै प्रचलनमा रहे पनि खरिद बिक्री भने केही मात्रामा छ ।
तर शहर भन्दा पनि टाढाको दुरीमा छ । ठेकी लोप हुँदै गएपछि दूध दुहुन र दही जमाउन किसानहरू स्टिल, प्लास्टिकका भाँडामा प्रयोग गर्न बाध्य छन् । ठेकी सामान्यतया दार अथवा देवदारु नामको रूखको काठबाट बनाइन्छ। ठेकीमा मोही पार्न मदानीलाई काठको घुर्रोमा अड्याएर नेती नामको डोरीले दुईतिर तान्दै मदानीघुमाउने गरिन्छ। स्टिलको भाडामा जमाएको दही भन्दा काठको ठेकीमा जनाएको दही मिठो हुने र कम समयमानै नअमिल्लिने हुन्छ।

आधुनिक प्रविधि भित्त्रिने क्रमसँगै ठेकीको प्रयोग घर९घरमा कम हुदै गएको छ। काठलाई खोपेर बनाइने ठेकी बनाउने पेशा पनि संकटमा पर्न थालेको छ। झापाको शनिस्चरेमा कुनैबेला ठेकीको मात्र बेग्लै बजार लाग्ने गर्दथ्यो। त्यस बजारमा हाटको २५ देखि ३० वटा ठेकी बिक्री हुन्थ्यो भने हाल त्यस बजारमा हाटको ४ देखि ५ वटा ठेकी मुस्किलले बिक्रि हुने गरेको छ।

tajakhabar

प्रतिक्रिया