कन्ट्याक्ट लेन्स : एक परिचय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७२, मंगलवार १०:३५

Contact lens एक प्रकारको Medical Device हो । यसले आखाँको दृष्टि दोष (Refract Error) लाई हटाउने कार्य गर्दछ । यसले चस्माले जस्तै आखाँमा रहेर दृष्टि दोष हटाई दृष्टि प्रदान गर्दछ । यो प्लास्टिकजन्य पर्दाथले बनेको हुन्छ ।
सर्वप्रथम, १५औं शताव्दीमा महान कलाकार लियोनार्दो दाभिन्चीले दृष्टि दोषलाई हटाउन सकिन्छ भन्ने अवधारणा ल्याएका थिए ।contact lens 2

उनले आफ्नो कार्यमा आँखाको दृष्टि दोष हटाउन सकिन्छ भनेर प्रयोगद्वारा प्रमाणित गरेका थिए । १८औं शताव्दीमा आएर Sir John Herschel ले Contact Lens को बारेमा अनुसन्धान गरेका थिए । त्यसैले उनलाई father of Contact Lens” भनेर सम्मान गरिएको थियो । पहिलो Contact lens शिशाको थियो, जसलाई Blown Glass भनिन्थ्यो ।

contact lens 1

१९औं शताव्दीमा आएर यो PMMA (Poly Methyl Methacrylate)  बाट बनाईयो । १९औं शताव्दीको उत्तर्राधमा आएर Contact Lens PHEMA (Poly Hydroxy Ethy Meth Acrylate) बाट बनाउन थालियो । जुुन हाल बजारमा पाइने Soft Contact Lens को प्रथम संसकरण हो । पछि आएर सन् १९८१ मा यसलाई FDA (Food and Drug Administration) USA द्वारा Contact Lens लाई एक Medical Device को रुपमा प्रमाणीत गरी बजारमा ल्याइयो । हाल बजारमा विभिन्न ब्राण्डका Soft Contact Lens हरु पाइन्छन् ।images

Contact Lens ले के कार्य गर्छ ?

Contact lens आँखाको विभिन्न दृष्टि दोष (Refractive error) निवारणको लागि प्रयोग गरिन्छ । यसले चस्माले जस्तै आँखाको दृष्टि दोषलाई हटाई दृष्टि प्रदान गर्ने कार्य गर्दछ । यसले चस्माबाट हुने असुविधाको समाधान गर्दछ ।
यसका फाइदाहरु के के हुन?
यसले दृष्टिको परिधिलाई  (Field of Vision) बढाउने कार्य गर्दछ । यसले दृष्टिमा सुधार ल्याई पारिधिक क्षमताको वृद्घि गर्दछ । यसले चस्मामा हुने असुविधाहरुको निक्र्योल गरी दृष्टिमा गुणात्मक परिर्वतन ल्याउँदछ । त्यसैले चस्माको धेरै पावरबाट हुने दोषको पनि समाधान गर्दछ । यसले मानिसको सुन्दरतालाई अझ कायम राख्न मद्धत गर्दछ । चस्माको कारणले ओझेलमा परेको सुन्दरतालाई प्राकृतिक रुपमा कायम राख्दछ । यसले पेशागत रुपमा आउने अप्ठ्याराहरुको पनि निवारण गर्दछ । जस्तैः TV Reporter, Lab worker हरुलाई उनीहरुको पेशामा चस्माको कारण विभिन्न अप्ठ्याराहरुको सामाना गर्नुपर्ने हुन्छ, तर Contact Lens ले त्यस्ता अप्ठ्याराहरुको निवारण गर्दछ ।

आखाँको कतिपय समस्याहरु जस्तैः Aphekia, Anisometropia, Anisokonia, Keratoconus जस्ता समस्याहरुमा Contact lens को प्रयोग अतिनै उपयोगी हुन्छ । यसले आखाँको अरु समस्याहरु जस्तैः Corneal Opacity, Heterochromiairidis जस्ता समस्याहरुलाई छोप्ने कार्य पनि गर्दछ । विकसित राष्ट्रहरुमा Refractive Therapy को रुपमा Contact Lens  को प्रयोग गरिन्छ, जसलाई Orthokeratology  भनिन्छ । यसले थोरै पावर भएकाहरुलाई चस्मा लगाउने झन्झटबाट आंशिक रुपमा मुक्त पार्दछ । Contact lens उपचार प्रविधिमा पनि प्रयोग हुन्छ, जसलाई Therapeutic अर्थात उपचारात्मक प्रयोग भनिन्छ ।

contact lens 3
परामर्श कहाँबाट लिने ?
Contact lens एक प्रकारको Medical Device हुनाले, यसको उचित प्रयोग हुन अति आवश्यक छ । अन्यथा, यसले आखाँमा नकारात्मक असर पनि ल्याउन सक्छ । तसर्थ, यसको सही जानकारीका निमित्त दृष्टि विशेषज्ञहरु  (Optometrist)  द्वारा परिक्षण तथा प्रयोग गर्नु उचित हुन्छ । दृष्टि विशेषज्ञ आँखा उपचारको क्षेत्रमा दृष्टि सम्बन्धी विषयमा स्नातक उपाधी हासिल गरेका विशेज्ञ हुन्, जसले चस्मा, कन्ट्याक लेन्स तथा दृष्टि दोष जस्ता विषयमा अध्ययन् अनुसन्धान गरी विशेषज्ञता हासील गरेका हुन्छन् । Contact Lens  एक Medical Deviceभएको हुनाले यसका फाईदा तथा यसले गर्ने असरहरुको बारेमा सहि जानकारी लिएर मात्र प्रयोग गर्नुपदर्छ । किनभने सबै मानिसहरुको आखाँको बनावट एकै प्रकारको हुँदैन र एकै किसिमको Contact Lens सबै मानिसहरुको आखाँमा सही तवरले बस्न सक्दैन, तसर्थ आखाँको परिक्षण गरेर मात्र यसको प्रयोग गर्नुपर्दछ । यदि विशेषज्ञको परामर्श नलिई Contact Lens को प्रयोग गरेमा त्यसबाट नकारात्मक असर पनि आउन सक्छ । जसले गर्दा कहिलेकाँही आँखामा नराम्रो असर पनि देखापर्न सक्छ । अतः सम्बन्धित विशेषज्ञबाट परिक्षण गराएर र उचित परामर्श पछि मात्र Contact Lens  प्रयोग गर्नुपर्दछ ।

Sonam Lama

Tilganga Institute of Ophthalogy

Optom (Bharati Vidyapeeth University, Pune, India)

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१