लौ आयो है फेसबुकमा प्रोफाइल पिक्चरको रुपमा भिडियो राख्न मिल्ने तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७२, मंगलवार ०७:५०

unnamed-22सामाजिक सञ्जाल फेसबुकले नयाँ विशेषता ल्याएको छ । फेसबुक प्रयोगकर्ताले अब आफ्नो प्रोफाइल पिक्चरको रुपमा भिडियो पनि राख्न सक्ने छन् । फेसबुकले सात सेकेन्डसम्मको भिडियोलाई प्रोफाइल पिक्चरको रुपमा राख्न मिल्ने सेवा सुरु गरेको हो ।

प्रोफाइल भिडियो सेवा सुरुमा अमेरिका र बेलायतका प्रयोगकर्ताले प्रयोग गर्न पाएका छन् । यो नयाँ फिचरले विश्वभर फेसबुक प्रयोगकर्ताको संख्या बढ्ने अपेक्षा गरिएको फेसबुकले जनाएको छ । प्रोफाइल भिडियोको रुपमा सात सेकेन्डको भिडियो अपलोड गर्न मिल्छ । तर त्यो भिडियोको आवज प्रोफाइलमै भने सुनिने छैन ।

त्यसका लागि त्यसलाई क्लिकनै गर्नुपर्छ । यसले प्रयोगकर्तालाई जाँगरिलो र उत्साही बनाउने फेसबुकको दाबी छ । प्रोफाइल पिक्चरको रुपमा भिडियो प्रयोगकर्ताले सात सेकेन्डसम्मको सेल्फी भिडियो खिचेर राख्न सक्नेछन् ।

प्रोफाइल भिडियो कसरी बनाउने रु
प्रोफाइ भिडियो फिचर पाइसकेपछि, आफ्नो प्रोफाइ पेजमा गएर ‘टेक अ न्यु प्रोफाइल भिडियो’ अथवा ‘अपलोड भिडियो अर फोटो’ बटनलाई सेलेक्ट गर्ने ।
मोबाइलमा मार्फत रेकर्ड बटन सेलेक्ट गर्ने, निर्देशन अनुसार फेरि त्यही बटन सेलेक्ट गर्ने, त्यसपछि सात सेकेन्डको भिडियो रेकर्ड गर्ने ।
क्यामेराबाट खिचिएको भिडियो अपलोड गर्नका लागि ‘अपलोड फ्रम क्यामेरा रोल’ बटन क्लिक गर्नुपर्छ ।
त्यसपछि सेभ बटन क्लिक गरेपछि भिडियो प्रोफाइलका रुपमा रहन्छ ।
यस्तै फेसबुकले अस्थायी प्रोफाइल पिक्चरको सुविधा पनि थप गरेको छ । यो सुविधा अनुसार प्रयोगकर्ताले केही समयका लागि कुनै तस्बिर वा भिडियोलाई अस्थायी प्रोफाइल पिक्चरको रुपमा राख्न पाउने छन् । जनु तस्बिर निश्चित समयपछि आफै हट्नेछ ।

प्रयोगकर्ताले आफ्नो विशेष अवसरलाई विशेष बनाउन सकुन भनेर यो सुविधा थप गरेको फेसबुकले जनाएको छ । यस्तै प्रोफाइल पिक्चरसँग आफ्ना बारेमा छोटो जानकारी पनि लेख्न मिल्ने भएको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१