गर्भावस्थामा मदिरा सेवनले शिशुको स्वास्थ्यमा असर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७२, मंगलवार ०७:१७

Pregnant Hispanic woman holding glass of wine

अमेरिका । गर्भावस्थामा मदिरा सेवन गर्नाले शिशुको मस्तिकमा असर पर्नसक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

संयुक्त राज्य अमेरिकाका गर्भवती महिलामा गरिएको एक अनुसन्धानका क्रममा सो तथ्य भेटिएको अधिकारीहरुको भनाई छ ।

अनुसन्धानको क्रममा गर्भवती हरेक १० महिलामा एकले मदिरा सेवन गर्ने गरेको तथ्य पत्ता लागेको बताइएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार सामान्य अवस्थाका महिलाहरुको तुलनामा गर्भवती महिलाहरुले बढी मदिरा सेवन गर्ने गरेको पनि सो अनुसन्धानमा खुलेको छ ।

गर्भावस्थामा मदिराको प्रयोगबाट बालकको शारीरिक विकासमा बाधा उत्पन्न गर्नेमात्र नभई उनीहरु अपाङ्ग समेत हुनसक्ने जनाइएको छ ।

त्यसैगरी यस्ता आमाहरुलाई अर्को गर्भ रहने काममा पनि समस्या देखिने, गर्भ तुहिने एवम् समय नपुग्दै बच्चा जन्मिनेजस्ता समस्याहरु देखिने पनि अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

गत महिना गरिएको यस अनुसन्धानमा १८ देखि ४४ व्र्ष उमेरका गर्भवती महिलाहरुको सहभागिता रहेको बताइएको छ । एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१