‘साइकल’मा ब्रेक लाग्योः बसन्तपुर दरबार धेरैले हेरे (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७२, मंगलवार ०७:०८

काठमाडौं। यतिबेला एउटा गीत यूट्युवमा भाइरल बनेको छ । जुन गीत हो ‘यो हो काठमाडौं।।’ गीत हो चलचित्र ‘साइकल’को । पप शैलीमा राजेशपायल राईले स्वर दिएको गीतको सुटिङ्ग बसन्तपुर दरबार स्क्वारमा गरिएको छ ।

जुन अहिले वैशाख १२ गतेको विनासकारी भूकम्प ध्वस्त भएको छ । वसन्तपुरलाई जिवित रुपमा हेर्नका लागि यो काठमाडौं हो गीतमा राजेश पायल राई स्वयं अभिनित गीत हेर्न सकिन्छ ।
एकताका चल्तिकी नायिका मौसमी मल्लका पुत्र विकी मल्ल र नायिका हर्षिका श्रेष्ठद्वारा अभिनित चलचित्र अहिले पालो पर्खिरहेको छ । साइकल चलचित्र किन प्रर्दशन हुने लगन जुरेन भन्ने संयोग मात्रै बनेको छ । चैत्र २० गते प्रर्दशन गर्ने तयारी भएको बेला तीस दलीय आन्दोलनले रोक्यो । वैशाख २० गतेदेखि प्रर्दशन गर्ने भनिएको साइकलमा फेरी ब्रेक लगायो १२ गतेको भूकम्पले ।

अहिले राजेश पायल राइले गाएको यो काठमाडौं बोलको गीतको भिडियो एतिहासिक पुरात्वातिक दरबार बसन्तपुर हेर्ने साक्षी मात्रै भएको लगानीकर्ता मध्येकी एक धनुका राई ‘धरा’ले एभरेष्टदैनिक डटकमलाई बताइन् । अब, केही समय कुरेर प्रदर्शनको तयारी गभएको राईले बताइन ।
भिडियो हेर्नुस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१