काठमाडौँ ,१९ असोज । प्रधानमन्त्री सुशील कोइरालाले आफूले फेरि प्रधानमन्त्रीमा दाबी गरेको भन्ने टिप्पणी हल्ला मात्र भएको बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकारको आह्वान गरेको चौथो दिन सोमबार आफैँले डाकेको सर्वदलीय बैठकको सुरुमै कोइरालाले सहमति, सहकार्य र एकताबाटै अघि बढ्नुपर्ने भन्दै आफूले फेरि पनि प्रधानमन्त्रीमा दाबी गरेको विषय हल्ला भएको बताएका हुन् । उनीहरूले १६ बुँदे सहमतिका कारण दलीय सहमतिमा संविधान बनेको उल्लेख गर्दै फेरि पनि दलहरूलाई मिलेर जान सुझाब दिएका थिए ।
प्रतिक्रिया