नाट्टाको २० औँ अधिवेशन सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ आश्विन २०७२, सोमबार ०६:३०

DSC07888 काठमाडौँ ।  नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एसोसियसन (नाट्टा) ले पर्यटन प्रवद्र्धनार्थ विभिन्न कार्यक्रम गर्दै आफ्नो बिसौँ अधिवेशन सम्पन्न गरेको छ । ‘नयाँ उत्साहका साथ पर्यटन पुनस्र्थापना गरौँ’ भन्ने नाराका साथ मनाईएको अधिवेशन सोचेभन्दा सफल भएको संस्थाले जनाएको छ । अधिवेशनका अवसरमा नाट्टाले पर्यटन प्रवद्धनार्थ फार्म ट्रीप, अवार्ड वितरणलगायतका विभिन्न गतिविधिहरु गरेको थियो । यसक्रममा संस्थाले २४ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म विभिन्न मुलुकबाट आमन्त्रित पत्रकार, टुर अपरेटरहरुलाई राजधानीसहित पोखरा, लुम्बिनी, चितवनलगायतका पर्यटकीय गन्तव्यहरुमा फार्म ट्रिप आयोजना गरेको थियो । भूकम्पपछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देश दिने हेतुस्वरुप आयोजना गरिएको कार्यक्रममा एसिया, युरोपलगायतका झण्डै दुई दर्जन मुलुकहरुबाट तीन दर्जनभन्दा बढी पर्यटनसँग सरोकार राख्ने पत्रकारहरु सहभागी रहेको नाट्टाले जनाएको छ ।  नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको कदरस्वरुप अधिवेशनमा आमन्त्रित चर्चित चलचित्र निर्माता एरिक भ्यालीलाई सम्मान गरिएको थियो । DSC07893त्यस्तै छिमेकी चीनका प्रसिद्ध कलाकार मिङ्ग याङ्ग जियाङ्गलाई विशेष सम्मान गर्दै एक वर्षका लागि नाट्टाको चीनका लागि सद्भावना दूतको रुपमा काम गर्न एमओयु हस्ताक्षर गरिएको संस्थाले जनाएको छ । जियाङ्गको भूमिकाले आगामी दिनमा चिनीयाँ पर्यटक आगमनमा महत्वपूर्ण भूमिका खेल्ने संस्थाको विश्वास छ । नाट्टाले सन् २०१६ मा हाल भईरहेको चिनीयाँ पर्यटक आगमन दोब्बर हुने प्रक्षेपणसमेत गरेको छ ।   भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि आयोजित कार्यक्रमहरु अपेक्षित सफल रहेको संस्थाले दाबी गरेको छ । आमन्त्रित सबै अतिथीहरुबाट सकारात्मक प्रतिक्रिया पाएका कारण मुलुकको पर्यटनले आगामी दिनमा गति लिने संस्थाको विश्वास छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१