आन्दोलनको सर्मथनमा “कमाए धोती वाला खाए टोपी वाला” भन्दै सरकारी कर्मचारी र शिक्षक सडकमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार १६:०७
?
?

प्रविण टिबडेवाल / रौतहट,१७ असोज  ।
जारी मधेश आन्दोलनको ५१ औँ दिन रौतहट जिल्लाका सरकारी निजामती कर्मचारीहरु आन्दोलनलाई समर्थन गर्दै सडकमा र्ओलेका छन् ।
लगातार लामो समय देखि मधेशमा जारी आन्दोलन ५१ दिन सम्म पनि जारी नै रहँदा राज्यले बेवास्ता गरेकोले सो आन्दोलन प्रति ऐकबद्धता जनाउदै रौतहट जिल्लाका सरकारी कर्मचारीहरु सडकमा र्ओली एकबद्धता रैली प्रर्दशन गरेका छन् ।
आईतवार दिउँसो १२ बजेको समयमा जिल्ला अस्पताल गौर बाट ब्यानर सहित हातमा कालो पट्टी बाँधेर निस्केको सो ऐक्यवद्धता रैली मधेशी क्रान्ति चौक, अदालत चौक लगायत नगरको विभिन्न भाग परिक्रमा गर्दै गौर बैरगनिया भन्सार क्षेत्र स्थित सिमा नाकामा अनसन बसेका आन्दोलनकारी लाई घोषित रुपमै आफुुहरुको मधेशमा जारी आन्दोलन प्रति एकबद्धता रहेको जनाएका थिए ।
हजारौं को संख्यामा भारत नेपाल सिमा मा पुगेको सो रैलीलाई नाकाबन्दीमा बसेका नेता तथा आन्दोलनकारीले ताली बजाई स्वागत गरेका थिए । सरकारले मधेशको माँगलाई बेवास्ता गरेको भन्दै सडकमा र्ओलिन बाध्य भएका सरकारी कर्मचारीहरु स्वायत मधेश प्रदेशको ग्यारेन्टी, पुर्ण समानुपातिक समावेसी व्यवस्था, मधेश आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषण गर्नुपर्ने, कमाए धोत ीऔर खाए टोपी लगायतका नारा सहितका प्ले कार्डहरु समेत प्रर्दशन गरेका थिए । ?
यसै विच आईतवार दिउँसो १ बजेको समयमा नेपाल शिक्षक महासँघ रौतहटले समेत सदरमुकाम गौरमा विशाल विरोध प्रदर्शन गरेको छ । विभिन्न शिक्षक संघ संगठनहरुको नेतृत्वमा सरकार विरुद्ध चर्को नारावाजी गर्दै सरकारी शिक्षकहरु मधेश आन्दोलन लाई समर्थन तथा सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।
हजारौं को संख्यामा बैनर सहित सरकार विरुद्ध सडकमा उत्रेका शिक्षकहरुले गृह मन्त्रीलाई फाँसी देउ, मधेश आन्दोलनलाई अविलम्व सम्बोधन गर, हत्या हिंसा बन्द गर लगायतका चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया