मुगु १७ असोज । आफनो श्रीमती र काका नाता पर्नेबीच यौन सम्पर्क गर्दागर्दै फेला पारे पछि कार्कीबाडा गाविस– ५ का एक युवकले हसियाँ प्रहार गरी दुवै जनाको हत्या गरेका छन्। कार्कीबाडा गाविस–५ निवासी एक युवकले हसिँया प्रहार गरी दुबैजनाको ज्यान लिएका हुन् ।
२५ वर्षीय धर्मराज विकले आफनी २० वर्षीया श्रीमती पुतली विक र युवाका काका पार्ने २७ वर्षीय जगेन्द्र विकलाई यौनसम्बन्ध राख्दै गरेको अवस्थामा भेट्टाएपछि दुबैको काटेर हत्या गरेका हुन् ।
श्रीमती र काकाबीच लामो समयदेखि यौन सम्पर्क हुँदै आएको शंका लागेको र शनिबार राति १० बजे दुबैबीच छिमेकीको घरको छतमा यौन सम्र्पक गर्दैगर्दा भेटिएपछि दुबैलाई फरक फरक स्थानमा हसिया प्रहार गरी हत्या गरेको धर्मराज विकले बताए ।
जगेन्द्रलाई यौनसम्पर्क राख्दै गरेको स्थानबाट लखेटेर करिब ४ सय मिटर परको ताल्चा–गमगढी सडकखण्डको पाटपोटेनीमा पुर्याई पहिले ढुंगाले किची त्यसपछि हसिँयाले घाँटी रेटेर हत्या भएको हो । आफनो घर नजिकको छिमेकीको घरको छतमा यौन सम्पर्क गर्दागर्दै भेटाएपछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्।
उनले आत्मसमर्पण गरेपछि डिएसपी सोमबहादुर थापाको कमाण्डमा घटनास्थलमा पुगेको प्रहरीले शव उठाएको छ । आइतबार बिहानै प्रहरीले घटना मुचुल्का शवलाई पोस्मार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको छ ।
पीडितको जाहेरीपछि पोष्टमार्टम गरी शवलाई सम्बन्धित परिवारको जिम्मा लगाइने डिएसपी थापाले बताएका छन् ।
प्रतिक्रिया