फेसबुकका प्रमुख जुकरवर्गमाथी जालसाझीको मुद्धा दर्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार ११:३५

markzuckerbergएजेन्सी । फेसबुकमा संस्थापक प्रमुख मार्क जुकरबर्गमाथी अदालतमा जालसाझीको आरोप सहित मुद्धा दायर भएको छ । मुद्धाको पुर्व सुनुवाईमा क्यालिफोर्नियाको एक अदालतले जुकरबर्गलाई दोषि मानेको छ । अर्को सातादेखि मुद्धाको औपचारिक सुनुवाई हुनेभएको छ ।

खासमा यो मामिला जुकरबर्गको बेडरुमसँग जोडिएको छ । खासमा जुकरबर्गले आफ्नो बेडरुम गोप्य नभएको र घरपछाडिको घरबाट सबै देखिने भएकाले घरसँग जोडिएको घर अनि जमिन किन्न चाहन्थे । सोहि अनुरुप उनले घर तथा जमिनका मालिक मिर्सिया बोस्केरिसियनसँग छलफल गरेका थिए ।

मिर्सियाको दावी छ कि जुकरबर्गले आफ्नो जानपहिचानका आधारमा मिर्सियाको व्यापार वृद्धिमा सहयोग गर्ने वाचा गरेका कारण उनले ४० प्रतिशत सस्तोमा घर अनि जग्गा दिएका थिए । मिर्सियाको आरोप छ–‘त्यसपछि जुकरबर्गले  मलाई कुनै सहयोग गरेनन्, उनले धोका दिए ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१