सर्जियो अगुएरोले २० मिनेटमा अगुएरोको ५ गोल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार १०:२५

85893642_sergioagueroम्यान्चेस्टर ।  सर्जियो अगुएरोले २० मिनेटमा ५ गोल गरेपछि म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।
शनिबार प्रिमियर लिग अन्तरगतको खेलमा सिटीले १–० गोलले पछि परेको स्थिति उल्टाउँदै न्युकासललाई ६–१ गोलको भारी अन्तरले पराजित गरेको हो ।
खेलमा अलेक्सान्डर मिट्रोभिचको गोलको मद्दतले न्युक्यासलले अग्रता लिएको थियो । तर, एगुएरोले गोलको वर्षा गरेपछि न्युकासल स्तब्ध बनेको हो । खेलमा अर्को गोल केभिन डि ब्रुयनले गरे ।
यस अघि गोलको खडेरी लागेको एगुएरो फर्ममा फर्किएको आशा गरिएको छ । यस खेल अघि उनले सबै प्रतियोगितामा ५९५ मिनेट खुला खेलमा गोल गर्न असफल रहेका थिए । प्रिमियर लिगमा उनले गत १६ अगस्तमा चेल्सीविरुद्ध गोल गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१