ताइवानमा पान बेच्ने नट गल्र्स सुन्दरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार १०:१२

betel-nut-beautiesएजेन्सी ।  यदी तपाई ताइवान घुम्न जानुभयो भने हातमा पान सुपारी बोकेर रोडको छेउमा बसेका केही महिलाहरुलाई देख्न सक्नुहुन्छ । यि महिलाहरु बिटेल नट गल्र्स हुन् । उनीहरुले पान बोकेका हुन्छन् । आर्कषक देखिने यि महिलाहरुको उद्धेश्य सुपारी बेच्नु हो । मुख्य सडकमा फोन बुथ जस्तो देखिने यस्ता ६० हजार स्टलहरु छन् । जहाँ महिलाहरु बस्छन् र ग्राहक आउनसाथ बाहिर निस्कन्छन् । अहिले यस्ता स्टलहरु ताइवानलाई चिनाउने माध्यम बनेका छन् ।
प्राय गरिब परिवारका महिलाहरु यस्तो काममा लाग्छन् । तर उनीहरुले हाउसकिपिंग र टेबुल सफा गरेभन्दा बढी पैसा यस्तो जागिरबाट कमाउँछन् । विश्वको १० प्रतिशत जनसंख्याले प्रयोग गर्ने पान सुपारी एशियाभरी नै लोकप्रिय भएपनि ताइवान पान सुपारीको व्यापारका लागि रणनिति बनाउने पहिलो देश हो । सडकमा बसेका युवतीहरुका प्रमुख ग्राहक भनेका टक तथा ट्याक्सी डाइभर हुन् । सन् १९६० बाटै यसरी पान बेच्ने प्रचलन ताइवानमा सुरु भएको थियो । सन् १९९० सम्म यो धेरै लोकप्रिय भयो । तर सन् २००२ मा अधिकारीहरुले यसरी पान बेच्दा दुर्घटना बढेको र देशको इज्जत गएको भन्दै यसमा रोक लगाउन माग गरेका थिए । पानले क्यान्सर हुने खतरा समेत हुन्छ । सन् २००७ मा ताइपेइ शहरमा पानमाथि प्रतिबन्ध लगाइएको थियो । त्यस्तै महिलाका लागि समेत खुकुलो लुगा लगाउन प्रतिबन्ध थियो । बिस्तारै अहिले भने समाजमा बिटेल गल्र्सलाई सामान्य ढंगबाट हेर्न थालिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज २०, २०८१