एजेन्सी । चाहनाअनुसार काम गर्नु पर्ने हुन्छ । आफ्नो हैसियतभन्दा फरक रुपमा प्रस्तुत हुनुपर्ने भएकाले त्यस अवस्थालाई तटस्थ रुपमा भोग्न नसक्नेहरु तनावमा फस्ने गर्छन्। तनावको परकाष्ठामा पुग्दा कुलतका अधिकांश सामग्री उनीहरुको साथी बन्छन्।
यहाँ हलिउडका केही सेलिब्रटीलाई प्रस्तुत गरिएको छ, जो कुनै समय कुलतमा थिए । उनीहरु कोही चर्चित भइसकेपछि ड्रग्स सेवन गर्थे भने कोही संघर्षकै चरणमा सेवन गर्थे।
एन्जेलिना जोलीः
बच्चा जन्माउनु अघि जोली कुलतमै थिइन्। उनले एक अन्तरवार्तामा भनेकी थिइन्, उनी कोकिन, हेरोइन, एलएसडी लगायतका ड्रग्सका फरकफरक सामग्री सेवन गर्थिन्। बच्चा जन्मिसकेपछि भने उनी ‘एन्टी ड्रग’ अभियानमा सक्रिय छिन्।
रोबर्ट डाउनी जुनियरः
हलिउडका सबैभन्दा महँगा अभिनेता रोबर्ड ड्रग्स लिएका कारण कैयौं पटक गिरफ्तार भएका छन् र कैयौं आरोप झेलिसकेका छन्। ड्रग्सकै कारण उनलाई धेरै फिल्मबाट निकालिएको छ। ड्रग्स छोड्न अनेक प्रयासपछि उनले बल्ल कुलतलाई जितेका छन् र सादगी जीवन बिताइरहेका छन्।
लिण्डसे लोहानः
अमेरिकी अभिनेत्री तथा मोडल लिण्डसे लोहानलाई ड्रग्स लिएको कारण पुनर्स्थापना केन्द्रमा ९० दिन बस्नुपर्ने सजाय सुनाइएको थियो। ९० दिन पुर्नस्थापना केन्द्रमा बसेपछि मात्र उनी कुलतबाट मुक्त भएकी थिइन्। त्यसअघि उनले कुलत छुटाउन ठूलै लडाईं लड्नुपरेको थियो।
ओप्रा विन्फ्रेः
अमेरिकाकी चर्चित टिभी प्रस्तोता ओप्रा किशोरावस्थामा कुलतमा फसेकी थिइन्। उनले केही वर्षअघि युवावस्थामा आफ्नो प्रेमीको साथमा ड्रग्स लिन्थिन्। पछि परिपक्व बनेपछि उनी कुलतबाट मुक्त भइन् ।
प्रतिक्रिया