प्रेममा पागल भएपछि प्रेमिका मार्न पेस्तोल, पेट्रोल र खुकुरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार ०६:५५

download (1)काठमाडौँ ,१७ असोज । प्रेममा पागल भएपछि मान्छेले केसम्म गर्दोरहेछ भन्ने वैतडी देउलेख ४ का २४ वर्षीय भूपेन्द्र कार्कीले बिहीबार चरितार्थ गरेका छन् । नागरिक दैनिकमा समाचार छ । प्रेमिकाले चार वर्षदेखिको प्रेममा धोका दिएको भन्दै उनले घरमै पुगेर गोली हाने तर पेस्तोलले उनलाई धोका दियो ।

लगत्तै खुकरी हान्ने प्रयास गरे तर समयमै प्रहरी पुगेकाले कार्की पक्राउ  परे, युवतीको ज्यान जोगियो ।  उनले त्यहाँ पुग्नासाथ गोजीबाट पेस्तोल निकालेर युवतीलाई ताक्दै ट्रिगर दबाए । पेस्तोलको पिनले छोएपनि प्राविधिक समस्याले गोलि चलेन । घरपरिवारका सदस्यले कन्ट्रोललाइ खबर गरेपछि प्रहरी समयमै पुगेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१