चन्द्रनिगाहपुरमा प्रर्दशनकारीमाथी गोली प्रहरीले गोली चलायो, १जना गंभीर घाईते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७२, शुक्रबार १८:०६

p-1प्रविण टिबडेवाल/रौतहट १५ असोज ।
शान्तिपुर्ण प्रदर्शनमा उत्रेका संयुक्त लोक्तान्त्रीक मधेशी मोर्चा र थारु संर्घष समिति रौतहटका कार्यकर्ता माथी प्रहरीले हस्तक्षेप गरेपछि रौतहट चन्द्रपुर तनावग्रस्त बनेको छ । मोर्चाको पुर्व घोषित कार्यक्रम अनुसार शुक्रवार दिउसो १ बजे पछि पुर्व पश्चिम महेन्द्रराज मार्ग ठप्प पार्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
मोर्चाको शान्तिपुर्ण प्रर्दशनमा स्थानिय केही सम्प्रदायिक तत्वको सहयोगमा प्रहरीले गोली चलाएको आरोप मोर्चाको नेता अनिल सिंहले लगाएका छन् । हजारौको संख्यामा रहेका मधेशी मोर्चा तथा थरुअटका कार्यक्रर्ताहरु शान्तिपूर्ण ढंगले सडक बसेर प्रदर्शन गरिरहेको बेला एक्कासी केहि गैर मधेशी समुदायका मानिसहरु ढु¨ा मुढा गरेको र सो को आडमा प्रहरीले गोली चलाएको नेता सिंहको आरोप रहेको छ ।
दुबै पक्ष बिच झडप पश्चात प्रहरीले स्थितिलाई नियत्रणमा लिन गोली चलाउदाँ करीब आधा दर्जन मानिस घाईते भएका छन् । घाईते मध्ये एक जनाको स्थिती गंभिर रहेको छ । गंभिर घाईते हुनेमा विश्रामपुर गाविसका भाग्य नारायण महतो रहेको र महतो को डुमरीया स्थित सरकारी अस्पतालमा उपचार भई रहेको मोर्चाले जनाएको छ ।
प्रहरीले २५ राउण्ड अश्रु ग्यास र दर्जनौं राउण्ड गोली प्रहार गरेको मधेशी नेता रेवन्त झाले आरोप लगाएका छन् ।
थरुअट कल्याणकारणी सभाको केन्द्रिय कार्यक्रम अनुसार राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम अनुरुप सभाको आह्वानमा मोर्चा समेत सो प्रदर्शनमा सहभागी भएको थियो ।

प्रतिक्रिया