असोज २८ गते टानको निर्वाचन हुने घोषणा संगै चुनाव नगर्न दवाव दिनेहरु अन्तत पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७२, शुक्रबार १७:३६

taanकाठमाडौँ ।   असोज १५ गते (आज )  तोकिएको निर्वाचन स्थगित भएपछि टानले नै तय गरेर सूचना जारी गरेको नयाँ मिती २८ असोजमा टानको निर्वाचन हुने भएको छ । टानले नयाँ निर्वाचन मिती घोषणा गरेपछि सो मितिमा चुनाव नगर्न दवाव दिनेहरु अन्तत पराजित भएका छन् । बिहिबार प्रमुख जिल्ला अधिकारीसहितको रोहबरमा काठमान्डु जिल्ला प्रशासन कार्यालयमा टानले नै तोकेको समयमा निर्वाचन गर्ने निणर्य हुनुलाई टानको नैतिक विजयको रुपमा हेरिएको छ । निर्वाचनको सन्दर्भ पारेर धमिलो पानीमा माछा मार्न खोज्नेलाई यो गतिलो जवाफ भएको टानका पदाधिकारीहरुले सर्गव बताएका छन् । निर्वाचनको माग गरिरहेकाले सोचेभन्दा पहिले नै टानले निर्वाचन घोषणा गरेपछि तिल्मिलाएकाहरु जसरी भए पनि चुनावमा गतिरोध खडा गर्न चाहन्थे । त्यसैको कडीको रुपमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन टान कार्यालयमा तालाबन्दी भयो । निर्वाचनको मुखैमा गरेको तालाबन्दीको कारण जेसुकै भए पनि सारमा घोषित निर्वाचन कार्यक्रम तोकिएकै मितिमा सम्पन्न गर्न व्यवधान खडा गर्ने आशय झल्किन्थ्यो । असहज स्थिति बन्दै जाँदा तत्कालै वैधानिक प्रकृया पुरा गरेर टानले निर्वाचनको नयाँ मिती घोषणा गर्यो । फेरि त्यसैमा पनि बखेडा झिक्ने सघन प्रयत्न भयो । यो मुद्धा जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । घन्टौंको गम्भीर छलफलपछि टानकै निणर्य ससम्मान सदर भयो । टानको परिपक्व निणर्यले टानसम्वद्ध पदयात्रा पर्यटन व्यवसायीहरुमा टानप्रतिको विश्वास अझ प्रगाढ भएको छ । हलो अड्काएर गोरु पिट्न खोज्ने पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड अनि छिटो बाटोबाट आफ्ना कुत्सित स्वार्थ पुरा गर्न खोज्ने बाटो बिराएकाहरुको ग्रयान्ड डिजाइनमा टानको निर्वाचनको पवित्रतालाई जुठो पार्ने प्रयास भएको सन्दर्भमा ती सब परिपञ्चले हारेकोमा आम पदयात्रा पर्यटन व्यवसायीहरु खुशी देखिन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१