लुटेराले ‘मन पराको अवस्था’ भिडियो हेर्नुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७२, शुक्रबार १७:१८

काठमाण्डौ। वितरक गोपाल कायस्थको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘लुटेरा’को ‘मैले तिमिलाई मन पराको अवस्था’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा नायक निखिल उप्रेती र नायिका निशा अधिकारी देखिएका छन भने गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गोपाल कायस्थको प्रस्तुति रहेको चलचित्र लुटेरालाई बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । शिव ढकालको छायांकन, मौनता श्रेष्ठको लेखन, बसन्त सापकोटा र अर्जुन पोखरेको सँगीत, राजु शाह, कविराज गहतराज, रामजी लामिछाने नुत्य र हिमाल के।सी।को एक्शन रहेको यस चलचित्रको काठमाडौं र विरगञ्जमा छायांकन गरिएको हो ।

गीत हेर्नुहोस्

 

प्रतिक्रिया