कप्तान पारसलाई हटाएपछि क्यानले भन्योः जागिरे भएर जे पायो त्यही गर्ने, नुनको सोझो गर्नु पर्दैन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७२, शुक्रबार १३:११

parasकाठमाडौं,१५  असोज । नेपाल क्रिकेट संघ ९क्यान०भित्रको बेथिति, अराजकता र अव्यवस्थताविरुद्ध बोल्दा क्रिकेट टोलीका कप्तान पारसलाई पदबाट निलम्बन गरिएको छ । पारसलाई मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिएकै दिन क्यानले निकाल्ने निर्णय गरेको हो ।

बुधबार मात्रै नेपाली क्रिकेट टिमका कप्तान पारसले क्रिकेटको संरचना पहिलाभन्दा झन् खराब हुँदै गएको दुखेसो पोखेका थिए । मन्त्री पुरुषोत्तम पौडेल, उप–कप्तान ज्ञानेन्द्र मल्ल, सदस्य सचिव केशव विष्टलगायतका सिमित व्यक्तिहरु उपस्थित भएको बुधबारको कार्य सिमित सफलताले मात्र क्रिकेट अघि बढेको मान्न नसकिने, जीत र हारको रुपमा मात्रै क्रिकेटलाई लिइएको बताउँदै पारसले क्यानको बिरोध गरेका थिए । पारसले पटक–पटक क्रिकेटको समस्या क्रिकेट जहाँको त्यहीं भएकाले क्रिकेटको समग्र विकासमा जोड दिएका थिए ।

उबचबकतर, पारसको यो सुझावलाई क्यानले भने एउटा जागिरेले व्यवस्थापनका विरुद्ध दिएको अभिव्यक्तिका रुपमा लियो । क्यानका उच्च पदाधिकारीले एभरेष्टदैनिक डटकमसँग भने, “पारसले क्यानसँग सम्झौता गरे अनुसार क्यानविरुद्ध बोल्न मिल्दैन । ऊ जागिरे हो । जागिरका नियम पालना गर्नुपर्दैन रु”

नेपालको क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानी गरेका र नेपाली क्रिकेटको संस्थागत विकासका लागि बारम्बार आवाज उठाउँदै आएका लोकप्रिय कप्तान पारस खडकालाई आफ्ूले नियुक्त गरेको कर्मचारीसरह व्यवहार गरिएको कारण उनको निलम्बन भएको ती पदाधिकारीको भनाईले स्पष्ट गर्दछ ।

क्यानविरुद्ध बोलेकोमा बारम्बार स्पष्टिकरण सोध्दा पनि जवाफ नदिएपछि क्यानले कार्वाही गर्नुबाहेक अरु उपाय नभएको उनले बताए । “१५–२० पटक हामीले स्पष्टिकरण सोध्यौं तर पारसले जवाफ दिएनन् । क्यानको तलब खानेले सम्झौतामा लेखिएका शर्त पालना गर्नुपर्दैन रु पारसले नियम मान्नुहुँदैन भन्ने छ रु” उनले बताए ।

बुधबारको छलफलमा समेत पारसले क्रिकेटको संरचनाको कुरा गरेपछि क्यानका पदाधिकारीहरु थप रुष्ट भएको बताइन्छ । पारसले बारम्बार क्यानको आलोचना गर्दै आएपछि रिसाएका पदाधिकारीहरुले बिहिबार नै हटाउने निर्णयमा पुगेका थिए । तर तत्काल यो कुरा बाहिर लैँजादा बिरोध हुनसक्ने भएकोले उनीहरुले एक महिनापछि पपुआन्युगिनीसँग यूएईमा हुने खेलको बेला कप्तान अर्कैलाई बनाएर पारसलाई हटाउने योजना बनाएका थिए ।

“हामीले अहिले यो कुरा बाहिर नलैजाने र यूएईको खेलको पूर्वसन्ध्यामा अर्कैलाई कप्तानी दिने सोचेका थियौं । तर मिडियामा कहाँबाट कुरा पुगिसकेछ ।” ती उच्च पदाधिकारीले बताए ।

एबचबकज(प्जबमपबपारसलाई बिरोध नहुने किसिमले खेलको पूर्वसन्ध्यामा एउटा खेलका लागि मात्रै कप्तानी परिवर्तन गरेजस्तो हटाउने क्यानको रणनीति सार्वजनिक भएपछि अन्य खेलाडीहरुले भने चिन्ता व्यक्त गरेका छन् । यति मात्रै होइन, नेपाली क्रिकेटलाई माया गर्ने सबैले यो निर्णयको बिरोध समेत गरेका छन् ।

तर क्यानले भने पारसलाई कप्तानीबाट हटाउँदा कुनै फरक नपर्ने सोचेका ती पदाधिकारीले बताए । “पारस सर्वेसर्वा हो र रु पारस नभई चल्दैन र रु पारसले गर्दा मात्रै सागर थामिन्छ भन्ने सत्य होइन ।” नेपालमा राजा नभए देश नै चल्दैन भन्नेहरुको जस्तो अतिरिञ्जत तरिकाले पारसलाई नबुझ्न भन्दै उनले बताए पारस कप्तान नभएपनि नेपाली क्रिकेटको विकास हुनसक्ने उनको दावी थियो ।
बुधबारको बैठकमा उपकप्तान ज्ञानेन्द्र मल्लले समेत क्रिकेटको व्यवस्थापन सुधार हुनुपर्छ भन्दा क्यानविरुद्ध गएको आरोप सामना गर्नुपरेको बताएका थिए । “हामीले क्रिकेटको घरेलु संरचना बलियो हुनुपर्छ भन्दा पारिश्रमिक र सुविधाका लागि बोलेको अर्थ लगाउने गरिन्छ।” उनको गुनासो थियो ।

पारसले क्रिकेटमा अझै लोकतन्त्र नआएको गुनासो गरेको सजाय पाएको क्रिकेटप्रेमी सञ्जय गुप्ताले बताए । ‘व्यक्तिगतरुपमा पारसलाई बोक्नु भन्दा पनि उनले उठाएका कुरा सही हुन या होइनन भन्ने मुख्य हो ।’ गुप्ताले भने । पारसलाई निकाल्दैमा क्रिकेटको संरचनामा आमूल परिवर्तन हुन नसक्ने उनले बताए ।

बुधबारको बैठकमा सदस्यसचिव विष्टले भने खेलाडीहरु देशको सान भएपनि व्यवस्थापनका कारण क्रिकेटमा शिथिलता आएको स्वीकार गरेका थिए । यही कुरालाई ध्यानमा राखेर क्यानको पुनर्गठन भइरहेको समेत उनले बताएका थिए ।

ट्वान्टी९२० अन्तर्राष्ट्रिय विश्व वरीयता क्रममा पारस ६४ औं स्थानमा छन् । शीर्ष सयमा अन्य नेपाली खेलाडीहरु ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर पनि परेका छन्। शरद ८१ औं र ज्ञानेन्द्र ८६ औंं स्थानमा छन्।

everestdainik.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१