काठमाडौं । फुटवलको विश्व वरियतामा नेपाल ५ स्थान खस्किएको छ । फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफाले आज सार्वजनिक गरेको वरितयामा नेपाल १ सय ९० औं स्थानमा धकेलिएको छ । अफगानिस्तान २० र भारत १२ स्थान तल झरेका हुन् । भुटान १ सय ७३, माल्दिभ्स १ सय ७६, पाकिस्तान १ सय ७७ औं स्थानमा छन् ।
नेपालभन्दा माथि बंगलादेश १ सय ८२ औं स्थानमा छ । नेपालभन्दा मुनि श्रीलंका १ सय ९१ औं स्थानमा छ ।अर्जेन्टिनमा शीर्ष स्थानमा यथावत रहँदा जर्मनी दोस्रोमा उक्लिएको छ । स्पेनले ५ स्थान सुधार गर्दै आफूलाई छैटौं स्थानमा उकालेको छ ।
प्रतिक्रिया