कतै तपाँइको सुत्ने तरिका गलत त छैन ? सुताइका आसन र फाइदा/वेफाइदा (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ आश्विन २०७२, शुक्रबार ०४:५७

sleep-position-spoon-jpg_1632161काठमाडौं । यदि तपाँइलाई विहान उठ्दा आलस्य हुने, गर्धन तथा मेरुदण्ड दुख्ने,कम्मर दुख्ने समस्या छ । यदि यस्तो हो भने तपाँइको सुताइको आसन नमिलेको हुनसक्छ ।

तपाँइ सुत्दाखेरि कस्तो आसनमा सुत्नुहुन्छ भन्नेकुराले स्वास्थ्यमा असर पारिरहेको हुन्छ । तपाँइलाई सजिलो लाग्यो भन्दैमा जसरि पायो त्यसरि सुत्नु हानिकार हुनसक्छ । त्यसैले आउनुहोस जानौ कसरि सुत्दा शरिरलाई फाइदा हुन्छ र कसरि सुत्दा वेफाइदा :

sleep 1

१. दायाँ वा वाँया कोल्टेपरेर सुत्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसरि सुत्दा घुर्ने समस्यापनि कम हुन्छ । तर दायाँ भन्दा बायाँ कोल्टे परेर सुत्नु अझ राम्रो हुन्छ । किनभने दायाँ कोल्टे पर्दा मुटुलाई दवाव पर्दछ । यसरि सुत्दा ग्यास्टिक तथा एसिडिटीको समस्यापनि कम हुने विज्ञको सुझाव छ । यसरि सुत्दा हात तथा खुट्टालाई सहज र सिधा अवस्थामा राख्नु राम्रो हुन्छ ।गर्भवतिका लागि यो आसन सबैभन्दा राम्रो मानिन्छ ।

sleep 2

२. त्यस्तै उत्तानो परेर ढाडको भरमा सुत्नुलाई पनि स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । यसरि सुत्दा गर्धन तथा मेरुदण्ड सामान्य अवस्थामा रहनेगर्छन । त्यसैले हड्डी दुख्ने समस्या हुँदैन । यसरि सुत्दा शरिरको कुनैपनि भागमा बढि दवाव पर्दैन । यसरि सुत्दा खुट्टामुनि ठिक्क पातलो कपडा राख्नुपनि राम्रो मानिन्छ ।

sleep 3

३.सामान्यत अधिकांश सजिलो भन्दै घोप्टिएर सुत्ने गर्दछन । तर यसरि घोप्टिएर सुत्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । यसरि सुत्दा गर्धन,मेरुदण्ड लगायतका हड्डी सामान्य अवस्थामा हुँदैनन । छाति तथा मुटुमापनि अनावश्यक दवाव पर्दछ । यसरि सुत्ने मानिसमा विहान उठ्दा शरिरका विभिन्न भाग दुख्ने समस्या हुन्छ ।

sleep 4

४.स्वास्थ्यका दृष्टिकोणले हातखुट्टा फैलाएर उत्तानो परेर सुत्नुलाईपनि फाइदाजनक मानिन्छ । यसरि सुत्दा दुवै खुट्टालाई फैलाएर हातलाई टाउकोको नजिक राखि सुत्नुपर्छ । यसरि सुत्दा रक्तसञ्चार राम्रो हुने विज्ञको सुझाव छ । अनुहारको चमकताका लागिपनि यो तरिका उत्कृष्ट मानिन्छ ।

sleep 5

५. सजिलो भो भन्दै घुँडा खुम्चाएर कुक्रुक्क परि सुत्नेहरुको संख्या धेरै छ । विशेष त जाडो मौसममा यसरि सुत्दा सजिलो लाग्छ धेरैलाई । तर यसरि सुत्नु स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । यसरि सुत्दा शरिरका हड्डी सँगै छातीमा नराम्रो असर पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१