सामान्यत चामलका धेरै वेफाइदाको बारेमा चर्चा हुने गर्छ । चामलको धेरै प्रयोगले मोटोपन बढाउँछ, शरिरमा आलस्य ल्याउँछ भन्ने कुराको चर्चा धेरै हनेगरेको छ । तर यहि चामलको प्रयोगले धेरै फाइदा पनि दिन्छ ।
अनुहारमा गोरोपन अनि चमकता अधिकांश युवायुवतीको चाहना । अनुहारमा गोरोपन पाउनकै लागि अनेक उपाय अपनाउछन् युवायुवती । गोरोपन ल्याउने भन्दै बजारमा आएका कैयौं क्रिममा हजारौं खर्च पनि गर्छन ।
यति गर्दा पनि अनुहारमा गोरोपन र चमकता आएको छैन भने नियमित खानामा प्रयोग गरिने चामलको माड लाभदायक हुने कुरा बाहिर आएको छ । पाक्दै गरेको चामलको माडलाई झिकेर अनुहारमा क्लिचिङ गर्नाले अनुहारमा गोरोपन आउने सौन्दर्य विज्ञले बताएका छन् ।
साताको एक पटक माडले अनुहार सफा गर्नाले गोरोपन मात्र नभई अनुहारमा भएका डण्डिफोर तथा दाग हट्दछ । माडमा हुने लवण, भिटामिन र एन्टी अक्सिडेन्टको मात्राले अनुहारका छालामा नरमता ल्याउँछ ।
भिडियो
प्रतिक्रिया