रौतहटमा पनि खाली रहेन हुलाकी राजमार्ग, मानव साङ्गलो निर्माणमा लाखौं सहभागी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ आश्विन २०७२, बिहीबार १६:१३

sangloप्रविण टिबडेवाल/ रौतहट १४ असोज ।
करीब डेढ महिना देखि मधेशमा जारी आन्दोलनकै क्रममा आन्दोलनरत मोर्चाले आह्वान गरेको मानव साङ्गलो निर्माण को क्रममा रौतहटमा लाखौंको संख्यामा स्थानियहरु सडकमा र्ओलेका छन् ।
रौतहटको बागमती नदी देखि अरुवा नदी सम्म सिमाना रहेको हुलाकि राजमार्गमा लाखौंका संख्यामा मधेशी जनताहरु मानव साङ्गलो निर्माण गरेका छन् । मोर्चाको आह्वानमा विहिवार रौतहटका गाँव गाँवबाट हुलाकी राजमार्गमा र्ओलेका जनसागरले एक अर्काको हाथ थाम्दै मधेशी एकताका सन्देश दिएका छन् । ऐतिहासीक रुपमा सडकमा विश्व ईतिहासकै सबै भन्दा ठुलो मानव साङ्गलो ओरालेर संयूक्त लोक्तान्त्रिक मधेशी मोर्चाले गिनिज बुक अफ वल्र्डमा नाम दर्ज गराउने दाबेदारी गरेको छ ।
निर्धारीत समय दिउँसोको १ बजे भन्दा पहिले देखि नै सडकमा ओर्लि सकेका लाखौंको संख्यामा रहेका जनता लामबद्ध भएर हर्षोउल्लासका साथ एकताको सन्देश दिएका छन् । पूर्व मेची देखि पश्चिमको महाकाली सम्मका ११५५ कि.मी लामो राजमार्गमा बनाईएको सो मानव साङ्गलो नै अहिले सम्मको  सब भन्दा लामो मानव साङ्गलो रहेको बुझिएको  छ ।
अहिंसक आन्दोलनको एक शक्तिशाली हथियारको रुपमा मानव सांगलोलाई लिने गरिन्छ र यसको प्रयोग सर्वप्रथम बंगलादेशमा बंगलादेश आबामी लिग पार्टिले सन ११ डिस्मबर २००४ मा गरेका थिए जुन टेक्नाफ देखी टेन्टुलिया सम्म १०५० किलोमीटर सम्ममा प्रदर्शन भएको थियो र सो लाई हाल सम्म विश्व रेकर्ड मानिएको छ । मोर्चा ले आयोजन गरेको मानव सांगलो कार्यक्रम को दूरी ११५५ किलोमीटर भए पछि सो रेकर्ड लाई तोडदै विश्व रकर्ड कायम भएको मोर्चाका नेताहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया