ब्लड बैकलाई बी एण्ड सी हस्पिटलले दियो १ लाख २१ हजार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ आश्विन २०७२, बिहीबार १६:०८

1425380768bc_hospitalबिर्तामोड १४ असोज ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा बिर्तामोडद्वारा संयुक्त रुपमा सञ्चालित ब्लड बैंक भवन निर्माणका लागि वी एण्ड सी मेडिकल कलेज एवम् टिचिङ हस्पिटलले एक लाख २१ हजार रुपैयाँ प्रदान गरेको छ ।

आज विहीवार हस्पिटलमा आयोजित कार्यक्रमकाबीच हस्पिटलका प्रबन्ध निर्देशक डा. रामबाबु गिरी, हस्पिटलकी अध्यक्ष इन्दिरा गिरी तथा कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्ना पिता स्वर्गीय भगवान गिरी र माता स्वर्गीय चन्द्रमाया गिरीको स्मृतिमा उक्त रकम प्रदान गरेका हुन् ।

सो अवसरमा रेडक्रस झापाका सभापति लोकराज ढकाल, उपशाखा सभापति सजेश शिवाकोटीले उक्त रकम ग्रहण गर्दै मानवीय सेवामा हस्पिटल र गिरी परिवारले पु¥याएको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा सेवाग्राहीको समस्यालाई मध्यनजर गरी डा. गिरीले वी एण्ड सी हस्पिटलमै ब्लड बैंकको युनिट स्थापना गरिदिन माग गरे भने रेडक्रसका सभापति ढकालले चाँडै उक्त विषयमा सकारात्मक निर्णय गरिने जानकारी गराएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

रक्तसञ्चार सेवासहितको तीन तले रेडक्रस भवन निर्माणको अन्तिम चरणमा रहेको छ । चन्दादाताहरुबाट संकलित करिब ६० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भई विगत बर्षदेखि ब्लड बैक अर्थात रक्तसञ्चार सेवा समेत सुचारु रहेको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया