गाइभैँसीको दुध पिउनुका फाइदै फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ आश्विन २०७२, बिहीबार १५:५८

milkगाइभैँसीको दुध पोषिलो हुन्छ । गाउँघरतिर गाइभैँसीको दुध बिहान बेलुकाको खानासँगै खानु दिनचर्या नै हो । तर सहरतिर भने खानासँगै दुध खाने मान्छे कमै हुन्छन् ।

गाउँबाट सहरमा आएर काम गरेर पेट पाल्नेहरुसँग दैनिक दुध किनेर खाने आर्थिक हैसियत पनि हुँदैन भने सहरका धेरै रैथानेहरुमा पनि दुध पिउनमा उतिसारो रुची देखिँदैन । यसका विभिन्न कारण हुनसक्छन् ।

तथापि हैसियतले भ्याएसम्म गाइभैँसीको दुध खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । वजन नियन्त्रण गर्न चाहनेहरुका लागि दुध निकै लाभदायक हुन्छ ।

दुधमा भिटामिन तथा अन्य पोषक तत्व पर्याप्त पाइने भएकाले यो मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दुध खानुका फाइदा यस्ता छन् – नियमित रुपमा दुध पिउनाले सरीरको छालामा चमक आउँछ । छाला चाउरी पर्ने, कडा हुने जस्ता समस्या समेत कम हुन्छन् ।

दुधले अनुहार धुनाले अनुहारको छाला गोरो र चम्किलो हुने सौन्दर्य विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१